१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तिलोत्तमा गोल्डकप : दार्जिलिङलाई हराउँदै पुलिस सेमिफाइनल प्रवेश

दार्जिलिङ युनाइटेड विरुद्ध बल अघि बढाउँदै पुलिसका खेलाडी । तस्बिरः नागरिक

रुपन्देही– विभागीय टिम नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ। एन्फा एकेडेमी खेल मैदान देवीनगरमा मंंगलबार भएको खेलमा पाहुना टोली दार्जिलिङ युनाइटेड भारतलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो।

पुलिसको जितमा रवि पासवान नायक बने। एक गोल गरेका उनले अर्को गोलका लागि पनि अवसर सिर्जना गरे। खेलको ६८ औं मिनेटमा पुलिसका मिलन राई पासवानको पासमा गोल गरेका थिए। 

खेलको २० औं मिनेटमा दार्जिलिङका कनोज केले पुलिसको डिफेन्सको कमजोरीको अवसरलाई सदुपयोग गर्दै गरेको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले विफल पारिदिए। यसैगरी पुलिसका रवि पासवानले २२ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

प्रतिस्प्रर्धात्मक खेलको पहिलो हाफको इन्जुरी समयमा पुलिसका पासवानले गोल गरे। उनले वान भर्सेज वानमा दार्जिलिङका गोलकिपर सन्जिव राउतलाई बिट गर्दै गोल गरे। पहिलो हाफमा गोल खाएपछि सम्हालिएको खेल प्रदर्शन गरेको दार्जिलिङले गोलका अवसर धेरै पाए पनि गुमाएको थियो। सुरुवातमा दार्जिलिङले आक्रमक खेल प्रदर्शन गरे पनि त्यो टिक्न सकेन। 

प्रहरीका रवि पासवान म्यान अफ द म्याच भए। एनले नगद १० हजार पाए बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको नकआउट फुटबलमा बुधबार समूह ए को क्वार्टफाइनल खेलमा झापा ११ ले दाफिन्स एफसी क्यामरुनको सामना गर्ने छ। 

प्रतियोगितामा विजेता हुने समूहले ८ लाख ८० हजार उपविजेताले नगद ५ लाख ५० हजार पाउनेछन्। फागुन १३ गतेसम्म प्रतियोगिता चल्ने छ।

प्रकाशित: ७ फाल्गुन २०७५ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App