coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

काठमाडौं– भारत सरकारको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण गरिएको छ। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतावासका द्धितीय सचिव निरजकुमार जैसवालको उपस्थितीमा रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरे।

विद्यालयमा नयाँ कक्षा, छात्रावास, सुरक्षा गार्ड रुम, पानी ट्यांकी र सुरक्षा पर्खाल पनि निर्माण गरिएको छ। नयाँ पूर्वाधारले विद्यालयलाई उच्च माध्यमिक तहको पठान पाठन गराउन सहज हुने भारतीय दूतावासले विश्वास लिएको छ। ‘यो विद्यालयमा पढ्ने गरिब तथा सीमान्तकृत बालबालिकाको शिक्षाको स्तर माथि उठाउन पनि नयाँ पू्र्वाधारले सघाउ पु-याउने  छ’, दूतावासले भनेको छ। 

सन् १९५१ सालमा स्थापना भएको विद्यालयमा १ हजार ५४ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा १२ कक्षासम्म पढाई भइरहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७५ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App