coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिका प्रदेश समिति गठन, अध्यक्षमा पोखरेल

दोलखा – गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ समितिको अध्यक्षमा ईश्वरचन्द्र पोखरेल चुनिएका छन्। मंगलबार दोलखाको किर्नेटार बजारमा सम्पन्न प्रदेशभरिका गाउँपालिका जनप्रतिनिधिको सम्म्मेलनले पोखरेललाई चयन गरेको हो।

दोलखाकै तामाकोसी गाउँपालिकाका अध्यक्ष रहेका पोखरेल यसअघि प्रदेश महासंघको तदर्थ समिति संयोजक थिए। समितिको उपाध्यक्षमा रामेछाप सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा चुनिएका छन् भने धादिङ ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिना सचिव र सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल सहसचिव छानिएका छन्। धादिङकै ज्वालामुखी गाउँपालिकाकी उपाध्यक्ष जानुका सिम्खडा कोषाध्यक्ष बनेकी छन्।

प्रकाशित: ७ फाल्गुन २०७५ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App