७ वैशाख २०८१ शुक्रबार
अर्थ

महिन्द्रा उदयमा राखिँदै एक्सयूभी ३०० र मराजो

काठमाडौं – महिन्द्राले एकल अटो प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रर्दशनीमा नेपालमा भएका महिन्द्राका ३० भन्दा बढी ब्रान्ड राखिनेछन्।

‘महिन्द्रा उदय’ नामबाट हुन थालेको यो एकल अटो प्रदर्शनी हो। महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणलाई आम नागरिकसमक्ष जानकारी दिने अटो प्रर्दशनीको उद्देश्य छ। प्रर्दशनी महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्त रूपमा गर्न लागेको हो। याे मेलाकाे निःशुल्क प्रवेश पासका लागि (www.mahindraudaya.com) मा जान सक्नुहुनेछ।

उक्त लाइफस्टाइल एन्ड अटो शोमा महिन्द्राका चर्चित दुई नयाँ गाडी शोकेस गर्न लागेको जनाइएको छ। उक्त मेलामा फागुन २ गते भारतीय बजारमा सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एसयूभी र केही महिना अगाडिदेखि भारतीय बजारमा उपलब्ध एमपीभी मराजो प्रदर्शन गरिने छ।

भारतीय बजारमा सार्वजनिक हुनुअघि बाटै निकै चर्चामा रहेको यो कम्प्याक एसयूभी हो। महिन्द्राको नयाँ प्लेटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को धेरै जस्तो डिजाइन एक्सयूभी–५०० फेसलिफ्टबाट प्रभावित रहेको जनाइएको छ।

‘सुरक्षाको लागि एयरब्याग, एबीएस, चारै चक्कामा डिस्क ब्रेक, इबीडी, इएसपी, ट्रयाक्सन कन्ट्रोल, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, ओआरभीएममा ट्रन इन्डिकेटर, साइड एयरब्याग, ब्रेक एसिस्ट, हिल एसिस्ट, कर्नरिङ लाइट, रियर वाइपर र रेन सेन्सिङ वाइपरजस्ता फिचर दिइएको छ’, विज्ञप्तिमा भनिएको छ।

यो एसयूभीको लम्बाइ ४५८५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १७८५ एमएम र ह्वील बेस २७०० एमएम छ। यसमा बुट स्पेस ७०२ लिटर क्षमताको दिइएको छ भने, ग्राउन्ड क्लिएरेन्स २०० एमएम रहेको महिन्द्राले जनाएको छ।

यसको ड्युल टोन ड्यासबोर्ड निकै आर्कषक रहेको कम्पनीको दाबी छ। ड्युल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरञ्जनको लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेस्ट, रियर आर्मरेस्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री, पार्किङ सेन्सरजस्ता फिचर छन्। यो एसयूभी डिजेल र पेट्रोल दुवै अप्सनमा उपलब्ध हुनेछ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल भएको जनाइएको छ। जसलाई ७ र ८ जना बसी आरामदायी यात्रा गर्न सक्छन्। मराजोको डिजाइन शार्क माछाबाट प्रेरित छ भने कारका केही भाग शिकारी माछाको रुपमा डिजाइन गरिएको छ।

यसको लम्बाइ ४५८५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १७८५ एमएम र ह्वीलवेस २७६० एमएम रहेको छ। पेसेन्जरको लागि धेरै सिटको व्यवस्था गरिएकोले यसमा बुट स्पेसभने १ सय ७० लिटरमात्र उपलब्ध रहेको छ।
सुरक्षाको लागि एयरब्याग, पेसेन्जर एयरब्याग, एबीएस, एबीडी, इनिजन इमोविलाइजर, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ, हेडल्याम्प बिम एड्जस्टर, कर्नरिङ लाइटजस्ता फिचर रहेका छन्।

यसको इन्टेरियर भने किनै आकर्षक रहेको महिन्द्राद्वारा जारी विज्ञप्तिमा छ। मनोरञ्जनको लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेस्ट, रियर आर्मरेस्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, पार्किङ सेन्सरजस्ता फिचर छन्। महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ। यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्छ। इन्जिन म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध छ।

प्रकाशित: ७ फाल्गुन २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App