८ वैशाख २०८१ शनिबार
कला

नेपाल आएका भारतीय गायक सोनु निगम अस्पताल भर्ना, उडान रद्द

तस्बिर : एजेन्सी

काठमाडौं – चर्चित भारतीय गायक सोनु निगम अस्पताल भर्ना भएका छन्। एक सांगीतिक कार्यक्रमका लागि आइतबार पाेखरा अाएका निगमको ढाडमा अत्याधिक दुखाई भएपछि दिउँसो १ बजे काठमाडाैंकाे नर्भिक अस्पताल भर्ना भएका हुन्।

केही बेरमा उनको ढाडको एमआरआइ गरिने नर्भिकका नायब महाप्रबन्धक संस्थागत संचार आरपी मैनालीले नागरिक न्युजलाई जानकरी दिए।

"चिकित्सकीय भाषामा उहाँलाई एक्युट ब्याक पेन अर्थात ढाडको दुखाई भएको हो। केही बेरमा एमआरआइ गर्दैछौं एमआरआइको रिपोर्ट हेरेपछि मात्र उहाँलाई अस्पताल नै राख्ने या आरामका लागि होटल पठाउने भन्ने टुंगो हुन्छ" मैनालीले भने। अस्पतालका अनुसार निगमलाई डाक्टर पंकज जलानको टोलीले हेरिरहेको छ।

स्रोतका अनुसार निगम आज ३ बजे मुम्बर्इ फर्कने कार्यक्रम थियाे। तर, निगम अस्पताल भर्ना भएका कारण उनकाे उडान रद्द भएकाे छ। सांगीतिक कार्यक्रमका लागि छोरा र श्रीमती सहित नेपाल आएका आएका निगम पोखराबाट राजधानी आउने क्रममा बिरामी परेका थिए। 

प्रकाशित: ७ फाल्गुन २०७५ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App