coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लाइसेन्स वितरण प्रदेशस्तरमा लाने तयारी

काठमाडौ - यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउन प्रदेश मातहतमा लाइसेन्स छपाइको जिम्मेवारी दिने तयारी गरेको छ। सवारी साधन अनुमति पत्रको आवेदनको संख्या विगतको भन्दा पाँच गुणासम्म बढ्न थालेपछि विभागले प्रदेश स्तरमा छपाउने कार्य अघि बढाउन लागेको हो। हाल लाइसेन्स छपाइ तथा वितरणसम्बन्धि सम्पूर्ण काम यातायात व्यवस्था विभागले गर्दै आइरहेको छ।

'पछिल्लो समय लाइसेन्स लिनेको संख्या पाँच गुणाले बढेकोले विभागलाई लाइसेन्स वितरणमा हम्मेहम्मे परेको हुँदा अब प्रदेश स्तरमा छपाइ तथा वितरणको काम थालिने तयारी भइरहेको छ,’ यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताए। हालसम्म यातायात व्यवस्था विभागबाट आठ लाखभन्दा बढी लाइसेन्स छपाइ भइसकेको र चार लाखभन्दा बढी लाइसेन्स छपाइ हुन बाँकी रहेको उपाध्यायले बताए।

‘यातायात व्यवस्था विभागबाट दैनिक करिब तीन हजार लाइसेन्स छपाइ हुने गरेको तर माग भने भने दश हजार भन्दा बढी रहेको छ,’ प्रवक्ता उपाध्यायले भने। विगतको तुलानामा लाइसेन्सको आवेदन दिनेहरुको संख्यामा भएको अत्याधिक वृद्धिले गर्दा जिम्मेवारी प्रदेश तहमा हस्तान्तरण गर्न लागिएको उनले बताए। केही महिनाअघि विभागले मालिका इन्कर्पोरेटलाई पाँच लाख लाइसेन्स छपाइको जिम्मेवारी दिएको थियो। जसअनुसार छपाइको काम सम्पन्न भइसकेको उपाध्याय बताउँछन्।

'सरकारसँग छ लाख लाइसेन्स छपाइको सम्झौता भएको थियो। विविध सरकारी तथा प्राविधिक समस्याका कारणले तोकिएको समयमा साढे तीन लाख मात्रै लाइसेन्स छाप्न सकियो,’ मालिका इन्कर्पोरेटका निर्देशक सुरेन्द्र ढकालले बताए। विभागसँग पहिलो पटक ४५ दिनमा छपाइ सम्पन्न गर्ने सम्झौता भएको तर डाटाहरुमा आएको समस्याका कारण तोकिएको समयमा एक महिना थपेर छपाइको काम सकिएको उनले बताए।

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App