coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नयाँ वर्षमा 'घामपानी'

काठमाडौं–  अभिनेता दयाहाङ राईको जन्मदिन बैशाख एक गते । उनको जन्मदिन पारेर उनकै अभिनय रहेको फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ । फिल्म निर्माण समूहले २०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको हो ।

    फिल्मका निर्माताहरुले वितरकहरुसँग छलफल गरी घामपानी रिलिज हुने दिनकोे टुंगो लगाएका हुन् । नयाँ वर्ष नयाँ काम गर्ने उत्साहको बेला भएकाले पनि निर्माताले यो समय रोजेका हुन् । दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर भएकाले नयाँ वर्ष छानिएको निर्देशक दीपेन्द्र लामाले बताए ।

    जन्मदिन पारेर ‘घामपानी’ रिलिज गरिँदा दयाहाङप्रति शुभकामना र सम्मान दुवै हुने भएकाले पनि वैशाख १ लाई रोजेको निर्माताहरु बताउँछन् । फिल्ममा दयाहाङले फुर्वा तामाङ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । फुर्वाको तारा शर्मा नामक युवतीसँग प्रेमसम्बन्ध हुने कथा फिल्ममा छ । ताराको भूमिकामा केकी अधिकारीलाई देख्न पाइनेछ ।

    फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’मार्पmत् पहिलोपटक निर्देशनमा हात हालेका हुन् । लामाले यसअघि ‘नागबेली’ फिल्मको पटकथा लेखेका थिए । ‘घामपानी’ को पटकथा पनि उनी आपैंmले लेखेका हुन् ।
सिन्धुलीको निबुवाटार र सातपत्रे गाउँमा फिल्मको सुटिङ भइरहेको छ । बुधबारसम्म ५० प्रतिशत सुटिङ सकिएको कार्यकारी निर्माता मणिराम पोखेरलले अवगत गराए । उनका अनुसार तिहारअघि फिल्मको सुटिङ सकिनेछ ।

    यसअघि ‘कबड्डी कबड्डी’ र ‘पुरानो डुंगा’जस्ता फिल्म बनाएको कम्पनी सिनेमा आर्टले नै ‘घामपानी’को निर्माण गरिरहेको छ । सिनेमा आर्टलाई निर्माण कार्यमा हाइलाइट नेपाल, टर्चलाइट प्रोडक्सन र अश्लेसा इन्टरटेनमेन्टले सघाइरहेका छन् ।

    ‘घामपानी’ अन्तरजातीय प्रेमकथा हो । तर, लेखक तथा निर्देशक लामा अघिपछिका अन्तरजातीय प्रेमकथाभन्दा फरक कथालाई पस्किन आपूmहरु लागिपरेको बताउँछन् । ‘नेपाली फिल्ममा अन्तरजातीय पे्रमकथा भन्नासाथ ब्राह्मण र दलितबीचको कथा सम्झिने गरिन्छ । तर, हामीले चाहिँ तामाङ र बाहुनको सम्बन्धलाई पस्किने प्रयास गरेका छौं,’ निर्देशक लामाले भने, ‘फिल्म हेरिसकेपछि पक्कै पनि दर्शकले उपलब्धिमूलक र फरक अनुभव बटुल्नेछन् ।’

दयाहाङ र केकीका अलावा यस फिल्ममा अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई प्रेमवर्षा खड्कालगायतले अभिनय गर्नेछन् ।
शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत, शंकर थापाको शृंगार रहने फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्नेछन् ।

प्रकाशित: २१ आश्विन २०७३ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App