coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘होल टाइमर’लाई ‘सिएनसी प्रोडक्सन एड’

काठमाडौं – निर्देशक पुजा गुरुङ र विभुषण बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘द होल टाइमर’ ले ‘सिएनसी प्रोडक्सन एड’ (एड अ सिनेमाज डु मोन्डे) पाएको छ। कलिलो जनमुक्ति सेनाले बुझेको जनयुद्धमा आधारित ‘द होल टाइमर’ लाई मिडिया पोर्टले निर्माण गर्दैछ। 

निर्देशक विभुषणले कलिलो जनमुक्ति सेनाले बुझेको जनयुद्धलाई केन्द्रित गरिएको डकुमेन्ट्री कलात्मक शैलीमा आधारित रहने बताए। जेरुसेलम इन्टरनेसनल फिल्म ल्याबमा तयार भएको यस फिल्मलाई फ्रान्सको कान सिने फाउन्डेशन र स्वीजरल्याण्डको लोकार्नो ओपन डोर्सले साथ दिएको छ। 

निर्देशक गुरुङ र बस्नेतले यसअघि निर्देशन गरेको  फिल्म ‘ददया’ले सन् २०१७ को ‘सनडान्स फिल्म फेस्टिभल’मा ‘जुरी अवार्ड फर सिनेम्याटोग्राफी’ जितेको थियो।  हाल ‘द होल टाइमर’ फिल्म युनिटले कलाकारहरूको खोजी गरिरहेको छ। ‘कलाकारहरू र हामीहरूको लागि यस फिल्मको अनुभव प्रेरणादायी होस् भन्ने हाम्रो चाहना हो। त्यसैले हामी सहज र जस्तै खाले परिस्थितिमा पनि घुलमिल हुन सक्ने व्यक्तिहरूको खोजीमा छौं,’ निर्देशक गुरुङले भनिन्।

 

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App