coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेडियो नेपालका लेखा अधिकृतलाई मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सिंहदरबार काठमाडौंका तत्कालिन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध भ्रष्टचारको मुद्दा चलाएको छ। समिति (रेडियो नेपाल)को लेखा अधिकृत महत्तराले ७ लाख ४० हजार ५ सय २५ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीबिवद्ध मुद्दा चलाएको हो।

तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराले समितिमा कार्यरत रहँदा सो समितिका अन्य छ जना कर्मचारीहरूको नाममा सापटी रकम स्वीकृत भई निजहरूको नाममा चेक समेत जारी भएकोमा उक्त चेकहरू सम्बन्धित ऋणीहरूलाई हस्तान्तरण गर्नु पर्नेमा सो नगरी उक्त चेकहरू आफै बैंकमा लगी भजाएको खुल्न आएको आयोगको भनाइ छ।

‘रेडियोका कर्मचारीहरूको चार लाख ३० हजार आफूले नै लिए खाएको र सोही समितिको रकम समेत सापटी भनि लिने खाने मनसायले समितिको कर्मचारी कल्याण कोषबाट २ लाख ३१ हजार ७ सय १८ रुपैया सापटी लिई सो रकम समेत समितिलाई हाल सम्म फिर्ता नगरेको,’ आयोगको छानबिनमा खुल्न आएको छ। महतराले लगेको ७ लाख ४० हजार ५ सय २५ रुपैयाँ रेडियो प्रसार सेवा विकास समिति कर्मचारी कल्याण कोषलाई दिलाई भराउन समेतको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जनाएका छन्।

प्रकाशित: ७ फाल्गुन २०७५ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App