coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

त्रिभुवन आर्मीले पारो एफसीको सामना गर्दै, पहिलाे खेलकै निरन्तरता लक्ष्य

फुुुनसोलिङ – त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यैपानेले मंगलबार भुटानको फुनसोलिङमा जारी जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को सेमिफाइनलमा पारो एफसीको सामना गर्दा उनीहरूलाई कमजोर रूपमा नलिने बताएका छन्। 

‘हामीले पहिलो खेलमा थिम्पुमाथि सहज जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेका थियौं,’ न्यौपानेले भने, ‘हामी सोही जितको लय उपाधि यात्रासम्म कायम राख्न चाहन्छौं।’

भुटान, नेपाल र भारतका गरी कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाली टोली थ्री स्टार र त्रिभुवन आर्मी क्लबले सोझै क्वार्टरफाइलमा प्रवेश पाएका थिए। गत शुक्रबार भएको खेलमा विभागीय टोली आर्मीले थिम्पुमाथि ६–० को फराकिलो जित हात पारेको थियो। आर्मीलाई प्रतियोगितामा सुखद सुरुआत दिलाउन कप्तान भरत खवासले २ तथा विमल पाण्डे, नवयुग श्रेष्ठ र सन्तोष तामाङले समान १ गोल गरेका थिए भने एक आत्मघाती गोल उपहार पाएको थियो।

लिगमा चौथो भएको आर्मीले त्यस लगत्तै वीरगन्जमा भएको सिमरा गोल्ड कपमा आर्मीले थ्री स्टारलाई नतिजा सुम्पिएको थियो भने इटहरीमा सम्पन्न मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि आत्मसात् गरेको थियो। ‘पक्कै पनि पहिलो खेलमा थिम्पुविरुद्ध हामीले सुरुमा नै गोल गर्न सफल भयौं, जसका कारण हामी खेलमा हाबी हुँदै सहज नतिजा ल्याउन सफल भएका थियौं।

हातको चोटका कारण मंगलबार स्ट्राइकर नवयुग खेल्नेमा भने दुबिधा छ। नवयुग थिम्पुविरुद्धको खेलमा घाइते भएका थिए।

हाम्रो प्रतिद्वन्द्वी पारो बलियो टोली हो र उनीहरूलाई घरेलु मैदानको फाइदा हुनेछ। त्यसैले हामीले सम्हालिँदै स्वाभाविक खेलमा केन्द्रित हुन आवश्यक छ,’ प्रशिक्षक न्यौपानले भने, ‘हामी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि राम्रै लयमा थियांै र त्यसपछि खेलिएका केही घरेलु प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्दै मनोबल बटुलेका छौं। त्यसैले नतिजा हाम्रै पोल्टामा पर्नेमा आशावादी छु।’

‘भुटानमा हुने विभिन्न प्रतियोगितामा नेपाली टोलीको सहभागिता हुँदै आएको छ। हामी त्यही लयलाई यस पटक पनि निरन्तरता दिन चाहन्छौं,’ न्यौपानेले थपे।  हातको चोटका कारण मंगलबार स्ट्राइकर नवयुग खेल्नेमा भने दुबिधा छ। नवयुग थिम्पुविरुद्धको खेलमा घाइते भएका थिए। खेलअघि मात्र नवयुग खेल्ने नखेल्ने निश्चित हुने भएकाले रंगशालामा पुगेपछि मात्र उनको स्थानमा कसलाई खेलाउने भन्ने निर्णय लिइने प्रशिक्षक न्यौपानले बताए। 

प्रतियोगितामा पारोले आइतबार भुटानको अर्को टोली जयगाउँ एफसीलाई २–१ ले हराउँदै आर्मीसँगको भेट पक्का गरेको थियो। त्यस्तै थ्री स्टारले पनि शनिबार उर्गेन एफसीलाई सडन डेथमा ५–४ ले निराश पार्दै अन्तिम चारमा स्थान बनाएको थियो।

थ्री स्टारले सोमबार भएको खेलमा विजयी भएको युनाइटेड बर्दशसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। सोमबार सम्पन्न खेलमा युनाइटेड बर्दशले टाइब्रेकरमा रोयल फुटबल क्लबलाई ४–३ ले हराउँदै थ्री स्टारसँगको भेट पक्का गरेको हो। भुटानकै पुरानो प्रतियोगितामध्येको एक जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २००६ पछि पहिलो पटक आयोजना भएको हो।

प्रकाशित: ७ फाल्गुन २०७५ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App