७ वैशाख २०८१ शुक्रबार
कला

पलेँटीकाे कमब्याक

काठमाडौं– नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम‘पलेँटी शृंखला’ फेब्रुअरी महिनादेखि शुरु हुने भएको छ। लामो अन्तरालपछि शुरु हुनथालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी  नेपालयले गराएको छ।

सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश  सर्जकहरू प्रस्तुत भइसकेका छन्। पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारलाई प्रस्तुत गर्दै आएको छ।

अंग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिनमात्र हुने गरेको पलेँटी कार्यक्रम यसपाली भने महिनाको अन्तिम सप्तान्त शुक्रवार, शनिवार र आइतबार गरी तीनदिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको नेपालयले जानकारी गराएको छ।  

‘लामै ग्यापपछि पलेँटी थालिँदै छ। साँच्चै भन्दा जुन कलाकारलाई ध्यानमा राखेर पलेँटी शुरु गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन्। यही क्रममा पलेँटी सांगीतिक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो। त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः शुरु गर्न लागेका हौं’, पलेँटी संयोजक आभासले भने।

आउँदो शुक्रबार शुरु हुने यसपालिको पलेँटी महिला गायनमा आधारित हुने छ। 

प्रकाशित: ६ फाल्गुन २०७५ १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App