coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फागुन १० देखि महिन्द्रा उदय २०१९ फेस्टिवल

काठमाडौं - महिन्द्राले फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आफ्नो सबै रेन्जको ग्लोबल मोबिलिटी सोलुसनका प्रडक्टहरुको पहिलो लाइफ स्टाइल अटो सो गर्ने भएको छ। उक्त इभेन्टमा एकै छानामुनि महिन्द्राका सबै अन्तर्राष्ट्रिय रेन्जका प्रडक्ट टु–ह्विलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल र ट्याक्टरको प्रदर्शनी हुनेछ । महिन्द्राले नेपाली ग्राहकलाई महिन्द्रा उदय २०१९ फेस्टिवलमार्फत महिन्द्राका प्रडक्टबारे अनुभव हासिल गर्ने मौका दिने बताइएको छ।

यो कार्यक्रम महिन्द्राको अग्रसरतामा अग्नि इन्कर्पोरेटेड, एमभी दुगड ग्रुप र स्वराज पार्टनरको संयुक्त आयोजनामा हुन लागेको हो। यस कार्यक्रममा अग्नि इन्कर्पोरेट, एमभी दुगड ग्रुप र स्वराज पार्टनर अन्तर्गतका सबै महिन्द्राका ब्रान्डको प्रदर्शनी एकै स्थानमा हुनेछ। उक्त इभेन्टको डिस्प्लेले महिन्द्राका सवारी साधनहरुको टफ र रग्ड डिएनएबारे अवलोकनकर्तालाई अझ स्पष्ट पार्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। फेस्टिभलमा सवारी साधनको प्रदर्शनीबाहेक नेपालका चर्चित कलाकारको लाइभ पर्फर्मेन्सका साथै ६ भन्दा बढी विभिन्न भेराइटीका खानाको स्टल पनि रहनेछ।  

 

प्रकाशित: ६ फाल्गुन २०७५ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App