८ वैशाख २०८१ शनिबार
भिडियो

अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता नेपालमा

भिडियाे : दिपेन्द्र/नागरिक

काठमाडाैं - नेपालले अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गरेको छ। आइफबिबिले आयोजना गरेको यो प्रतियोगिता नेपालमा पहिलो पटक सम्पन्न भएको हो। नेपालले यस प्रतियोगिताका लागि ४ वटा प्रो कार्ड खरिद गरेको थियो। यो छिमेकी राष्ट्र भारतको भन्दा धेरैे हो। प्रो कार्डका आधारमा हरेक देशले देहाय बमोजिम प्रतियोगिता चलाउन सक्छन्।

नेपालले यस वर्ष वुमन फिजिक्स, मेन्स् बडी विल्डिङ, मेन्स् फिजिक्स र क्लासिक फिजिक्सको चरणमा प्रतियोगिता आह्वान गरेको थियो। करिब ८ देशबाट २० पहलमानले भाग लिएको उक्त  प्रतियोगितामा विश्व प्रसिद्ध बडी बिल्डर ‘रोली विङ्कलार’ गेष्ट पोजरका रुपमा नेपाल आएका थिए। नेपाली दर्शकको मायाबाट आफू हर्षित भएको उनले बताए।

प्रतियोगितामा वुमन्स फिजिक्स तर्फ विनिता राई, मेन्स बडी विल्डिङमा जेमी डु रिको, मेन्स फिजिक्समा सौेरब्ती सिंह र क्लासिक फिजिक्समा अमिर हुसेन सदात्नियाले गोल्ड मेडल हासिल गरे। चार चरणका विजेताले आगामी सेप्टेम्बरमा लास भेगासमा हुने मिस्टर ओल्मपिया प्रतियोगितामा भाग लिने छन्।

नेपालमा यस्ता किसिमका प्रतियोगिता हुँदा खेलाडीमा थप हौसला पुग्ने जानकारहरु बताउँछन्। नेपालीले पनि शारीरिक सुगठन जस्तो प्रतियोगितामा जित हासिल गर्न सक्छ भन्ने जिवन्त उदाहरण हुन महेश महर्जन र विनिता राई।

प्रकाशित: ६ फाल्गुन २०७५ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App