coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रसंघीय महिला समितिको उपाध्यक्षमा राणा

काठमाडौं– संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने हिंसा निर्मुलन सम्बन्धी मामिला हेर्ने समिति (सेडा)को उपाध्यक्षमा बन्दना राणा निर्वाचित भएकी छिन्।

सोमबार अमेरिकाको न्यूयोर्कमा भएको निर्वाचनमा राणा सर्वसम्मतिले उक्त पदमा निर्वाचित भएकी हुन्। एसिया प्यासिक ग्रुपलाई प्रतिनिधित्व गर्दै सन् २०२० सम्मका लागि राणा निर्वाचित भएकी हुन्। सेडा कमिटीमा एक अध्यक्ष र तीन उपाध्यक्ष रहने गर्छन्। उनीहरुको पदावधी दुई बर्षको हुन्छ।

राष्ट्रसंघको यो समितिको कार्यकारी पदमा नेपाली महिला पुगेको यो पहिलोपटक हो। राणा यसअघि २०१६ मा समितिकी सल्लाहकार थिइन। 

साथी संस्थाकी संस्थापक रहेकी राणाले महिला र बालबालिकाको हकअधिकारको क्षेत्रमा काम गर्दै आएकी छिन्। 

प्रकाशित: ६ फाल्गुन २०७५ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App