coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

डीपीएल प्ले अफ खेल्ने सबै टाेलीकाे टुङ्गाे लाग्याे

काठमाडाैं - धनगढी प्रिमियर लिग (डीपीएल) को प्ले अफमा पुग्ने सम्पूर्ण टोलीहरुको टुङ्गो लागेको छ। डीपीएलको प्ले अफमा काठमाडौं गोल्डेन्स, सिवाइसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड पुगेका छन् भने विराटनगर किंग्स र धनगढी स्टार्स समूह चरणबाटै वाहिरिएका छन्। धनगढी डिफेन्डिङ च्याम्पियन समेत हो।

सोमबारको दोस्रो खेलमा अत्तरीयाले विराटनगरलाई पराजित गरेसँगै प्ले अफमा पुग्ने सम्पूर्ण टोलीको टुङ्गो लागेको हो। विराटनगर भने रनरेटका आधारमा प्ले अफमा पुग्न सकेन्। महेन्द्रनगरसँग समान ५ खेलबाट समान ४ अंक जोडेको भएपनि रनरेटमा पछि पर्दा विराटनगर अघिल्लो चरण प्रवेश गर्न असफल रह्यो।

अत्तरीयाले विराटनगरलाई १० रनले पराजित गर्दै एक खेल अगावै आफ्नो प्ले अफमा स्थान सुरक्षित गर्यो। अत्तरीयाले दिएको १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३८ रन मात्रै जोड्न सकेपछि अत्तरीया १० रनको रोमाञ्चक जित निकाल्न सफल भयो। विराटनगरका आशिफ शेखले सर्वाधिक ३९ रन बनाए। यस्तै पृथु बाँस्कोटाले २७ तथा अविनाश यादवले १४ रन बनाए। अत्तरीयाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३/३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४८ रन जोडेको थियो। अत्तरीयाका जयकिशन कोल्सावाला र सन्नी पटेलले अर्धशतकीय पारी खेले। पटेलले ३१ बलमा अविजित ६१ रन जोड्दा कोल्सावालाले समेत अविजित रहँदै ५० बलमा ५१ रन जोडे। विराटनगरका सुसन भारी र सम्साद शेखले समान १/१ विकेट लिए। लिग अन्तर्गतको अन्तिम खेल काठमाडौं र अत्तरीया बीच हुनेछ। यो खेलपछि मात्रै क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्नेछ। 

 

प्रकाशित: ६ फाल्गुन २०७५ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App