६ वैशाख २०८१ बिहीबार
प्रविधि

७ पैसामै टेलिकमकाे १ एमबी डाटा, थ्रिजी सेवा देशव्यापी

काठमाडौं–  नेपाल टेलिकमले सञ्चालनमा ल्याएको थ्रिजी सेवा ९ वर्षपछि देशव्यापी रुपमा विस्तार गरिएको छ । २०६४ सालमा सुरु गरिएको थ्रिजी सेवा डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा सञ्चालन गरेसँगै जिएसएम प्रविधिको थ्रिजी सेवा ७५ वटै जिल्लामा पुगेको हो ।

टेलिकमले गत बुधबार दुनैमा र बिहीबार सिमिकोटमा सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले सुरुआतमा उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा सेवा सञ्चालन गरेको थियो । थ्रिजी सेवामा भ्वाइस सेवाका साथै उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ ।

७ पैसामै एक एमबी डाटा

नेपाल टेलिकमले नाइट डाटा प्याकेज अन्तर्गत जिएसएम तथा सिडिएमए दुवैमा प्रतिएमबी ७ पैसामा उक्त सेवा उपलब्ध गराइरहेको छ । दसैं, तिहार र छठको उपलक्ष्यमा प्रदान गरिएको उक्त सेवा सबैभन्दा सस्तो रेट हो । राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने सो अफरमा ४० रुपौयाँमा ५ सय एमबी तथा ८५ रुपैयाँमा १२ सय एमबी डाटा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । आगामी पुस १५ गतेसम्म उपलब्ध गराइने छ ।

त्यस्तै टेलिकमको डाटा अफरअन्तर्गत १ सय एमबीको डाटा ५० रुपैयाँमा तथा २ सय ५० एमबीको डाटा १ सयमा उपलब्ध गराइएको छ । डाटा प्रयोगकर्ताले १० मिनेट भ्वाइस कल तथा १० वटा एसएमएस निःशुल्क प्रयोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ ।

 

प्रकाशित: २१ आश्विन २०७३ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App