८ वैशाख २०८१ शनिबार
राजनीति

संसदमा गायक पशुपति शर्माको गीतलाई लिएर सत्ता र प्रतिपक्षबीच दोहरी

काठमाडाैँ -  गायक पशुपति शर्माको गीतलाई लिएर संसदमै सत्ता र प्रतिपक्षका सांसदबीच दोहरी चलेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले 'लुट्न सके लुट कान्छा..' बोलको गीत गाए बापत गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,'जनताको बोली गाउने गायक शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दछु।' दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि उनले आरोप लगाए ।

सांसद सिंहको आरोपलाई सत्तारुढ दल नेकपाका सांसद झपट रावलले खण्डन गर्दै पुरुष्कारको समेत आलोचना गरेका छन्। सांसद सिंहले जनताको गीत गाएको भन्दै २५ हजार रुपैयाँ दिने घोषणा गरे लगत्तै सांसद रावलले संसदमै त्यसको विरोध गरे।

उनले सांसद सिंहलाई लाक्षिग गर्दै भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’ उनले सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको जिकिर गरे।

प्रकाशित: ६ फाल्गुन २०७५ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App