नेविसंघको नेतृत्वमा तेस्रो धारको दाबी

सोमबार, ०६ फागुन २०७५, १३ : ३३ नागरिक

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा  नेता कृष्णप्रसाद सिटौला समूहले नेतृत्वको दाबी गरको छ।

पार्टीभित्र तेस्रो धारको दाबी गर्दै आएको सिटौला समूहका नेताले ११ औँ महाधिवेशनमा आफूहरूको उपस्थित प्रष्ट देखिएको भन्दै तदर्थ समितिमा नेतृत्व दाबी गरेको हो।  ‘११ औँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउने म नै हुँ,‘निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सोमबार पत्रकार सम्मेलन गर्दै भने,‘त्यस अर्थमा हामी पहिलो हौँ। तदर्थ समितिको नेतृत्व हामीले पाउनुपर्छ। त्यही अनुसार उपस्थिति गराइनुपर्छ।’

अन्यायविरुद्धमा हुने हरेक आन्दोलनमा आफूहरूकै सहभागिता भएकाले तदर्थ समितिमा नेतृत्व हुनुपर्ने विद्यार्थी नेता डिल्लीराम सुवेदीको पनि दाबी छ। उनले पार्टी नेतृत्वलाई कुन्दनराज काफ्ले मन नपरेकै आधारमा नेविसंघ विघटन गरेको समेत आरोप लगाए। ‘कुन्दन काफ्लेलाई मन नपर्दा नेतृत्वले ३२ वर्षे उमेर हद लगाउने। अनि नेवसंघ नै विघटन गर्ने’, उनले भने। पार्टीको कोपभाजनमा नेविसंघ परेको उनको आरोप छ।

पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले तदर्थ समिति ३२ वर्षमुनिकै हुनुपर्ने बताए।‘विधानविपरीत तदर्थ समिति ल्याउन चलखेल भइरहेको छ। विधान नंग्याउने कोसिस पार्टी नेतृत्वबाट भइरहेको छ’, उनले भने, ‘हामी विधानको संरक्षक हौँ। त्यसका लागि जुनसुकै कदम चाल्न तयार छौँ।’ अब बन्ने तदर्थ समितिको कार्यकाल छ महिनाको मात्र हुनुपर्ने उनले बताए। उनले भने, ‘तदर्थ समितिले छ महिनामा महाधिवेशन गर्न नसके त्यसको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ।’ कृपा र तथास्तु पाएर बनेको समितिले केही गर्न नसक्ने उनको दाबी थियो। २१ जिल्लामा अधिवेशन सकिएको र महाधिवेशन नजिक भएका कारण पार्टीले नेविसंघ विघटन गरेको उनको आरोप छ।   








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad