coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

संसारकै घुम्नलायक सहरमा काठमाडौं पाँचाैं !

संसारकै घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौं पाँचौं स्थानमा परेको छ। टुर एण्ड ट्राभल्ससम्बन्धी वेबसाइट लोन्ली प्लानेटले पछिल्लो समय सार्वजनिक गरेको सूचीमा काठमाडौं विश्वकै घुम्नलायक उत्कृष्ट पाँचौं सहरमा परेको हो।

लोन्ली प्लानेटले संसारकै उत्कृष्ट घुम्नलायक सहरको पाँचौ सूचीमा राख्दै सन् २०१५ सालमा आएको भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उठ्न थालेको लेखेको छ। ‘सन् २०१५ को भूकम्पपछि काठमाडौंबाट प्रेसित समाचार रिपोर्टहरूले एक सहर टुटेको र शोकमा देखाएको थियो। तर, आज यो कथा पुनर्निर्माण र पुनरुत्थानबारे हो। भूकम्पले भत्किएका सम्पदा फेरि पुरानै लयमा फर्किने लयमा देखिएका छन्,’ लोन्ली प्लानेटको वेबसाइटमा उल्लेख गरिएको छ, ‘भूकम्पले भत्किएका ऐतिहासिक सम्पदा र स्थल आफ्नो पूर्व अवस्थामा फर्केका छन्।’

लोन्ली प्लानेटले २०७३ सालदेखि नियन्त्रणमा लिएको हर्न निषेध कार्यले काठमाडौंलाई केही हदसम्म ध्वनि प्रदूषण नियन्त्रण गर्न सहयोग गरेको छ। पछिल्लो समय विद्युत, वाइफाई लगायतका सुविधाले काठमाडौं अझै व्यवस्थित भएको उल्लेख गरिएको छ।

लोन्ली प्लानेटले सार्वजनिक गरेको सूचीमा घुम्नलायक उत्कृष्ट सहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेभन सहर परेको छ। त्यस्तै गरी दोस्रोमा चीनको सेन्जेन सहर घुम्नलायक सहरको रूपमा चिनाएको छ। तेस्रोमा सर्वियाको नोभीस्याड सहर परेको छ। चौथो सहरमा संयुक्त राज्य अमेरिकाको मियामी सहर परेको छ। पाँचौं सूचीमा नेपालको काठमाडौं सहर परेको छ। छैटांै स्थानमा मेक्सिकोको मेक्सिको सिटी परेको छ। सातौं स्थानमा सेनेगलको डाकर सहर परेको छ। आठौं स्थानमा संयुक्त राज्य अमेरिकाको सिएट सहर परेको छ। नवौं उत्कृष्ट घुम्नलायक सहरमा क्रोसियाको जदार सहर परेको छ। उत्कृष्ट दसौं घुम्नलायक सहरमा मोरोक्को मेक्नेस सहर परेको छ।

प्रकाशित: ६ फाल्गुन २०७५ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App