७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘रेमिटेन्स सदुपयोग गरे विदेश पलायनरोकिन्छ’

साधारण सभा उद्घाटन गदैं सांसद नवराज शर्मा ।

म्याग्दी– जिल्लाभित्रिने  रेमिटेन्स सदुपयोग गरी उत्पानमुखी क्षेत्रमा लगानी गर्न सके रोजगारीको खोजीमा हुने विदेशपलायन रोक्न सकिने सरोकारावालाले बताएका छन् । बर्सेनिभित्रिने अर्बौं रेमिटेन्स व्यक्तिगतप्रयोजनमाखर्च गर्ने गरिएकाले उत्पादनमुखी क्षेत्रमालगानीविस्तार हुननसकेको उनीहरुकोभनाइथियो ।

विश्वभर छरिएकाम्याग्देलीकोसंस्थाम्याग्दीप्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिको पहिलो साधारण सभाउद्घाटन गर्दै सांसद नवराजशर्माले विदेशबाट भित्रिने पैसालाई उत्पालनमुखीकाममाप्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए । ‘अर्काको देशमागएर कमाएको पैसाजिल्लाकालगानीयोग्यक्षेत्रमाप्रयोग गर्नुहोस । रेमिटेन्स अस्थायी स्रोत भएकाले लगानीकालागितत्कालै विचार गर्नुपर्छ,’ शर्माले भने ।

विश्वभर रहेकाम्याग्देलीले सानो लगानी गरेपनि एक सय मेगावाटसम्मको विद्युतगृह, सुुविधासम्पन्नहोटल, पर्यटकीय क्षेत्रमापूर्वाधार, कृषि, पशुपालन सहित रोजगारमूलक क्षेत्रमा ठूलो लगानीगर्न सकिने सांसद शर्माको भनाइथियो । उनले विदेशकासिकेको सीपलाई आफ्नै जिल्लामाप्रयोग गरेर विदेश पलायन रोक्न सक्ने योजना राज्यकानिकायबाट बनाउने प्रयास भएपनि गैरआवासीय नेपालीबाट अपेक्षा गरेअनुसारको सहयोग नभएको बताए । साधारण सभामा विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका सचिवअर्जुन श्रेष्ठले भूकम्पपछिको पुनर्निर्माणसहित देशमैलगानीको वातावरण बनाउन संघले निरन्तर सक्रियता देखाएको बताए ।

‘हामीले विदेशमादुःखग¥यौ । अबको पुस्ताले स्वदेशमै रोजगारी पाउने अवस्था बनाउनुपर्छ,’ उनले भने । कार्यक्रममाप्रमुखजिल्लाअधिकारी केशवराजआचार्यले प्रवासी नेपालीले देशमाआवश्यक क्षेत्रमा सहयोग गरिरहेको बताए । उनले विपतवयवस्थापनदेखिविभिन्न सामाजिक क्षेत्रमाप्रवासीले गरेको सहयोगले जिल्लाको आपत्कालीन समस्या समाधानमा सहयोगीभूमिका खेलेको बताए । विश्वभर रहेकाम्याग्देलीले जिल्लाकाआवश्यक क्षेत्रमा सहयोगका साथै लगानीको वातावरण बनाउनउक्त संस्था स्थापना गरेकाथिए ।

साधारण सभामासंस्थाकापदाधिकारीले एकवर्षभित्रयसले इन्भेस्टमेन्ट कम्पनीमार्फत उत्पादनमुखी क्षेत्रमालगानीगर्ने प्रतिबद्धता जनाएकाथिए । कृषि,पर्यटन, जलविद्युतमध्ये पहिलो प्राथमिकतापर्यटन र जलविद्युतलाई दिएको समेत उनीहरुको भनाइथियो । सभामासंस्थाकाअध्यक्ष योगेन क्षत्रीले जिल्लाको आवश्यक क्षेत्रमालगानी गरेर कामखोज्न बिदेसिनुपर्ने अवस्था हटाउन भूमिका खेल्ने बताएकाथिए । म्याग्दीका४० हजारजतिरोजगारी, व्यापार र शिक्षाकासिलसिलामाविदेशमा छन् ।

 

प्रकाशित: २१ आश्विन २०७३ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App