coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनअारएनएले १६ लाख पर्यटक नेपाल भित्र्याउने

काठमाडौं– गैरआवसीय नेपाल संघ (एनआरएनए)ले सन् २०१७ भित्र नेपालमा १६ लाख पर्यटक भिœयाउने अभियान सुरु गरेको घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनएबीच गत वर्ष सम्झौता भएको ‘अतिथि देवो भव’ प्रवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्यसम्म नेपालमा १६ लाख पर्यटक भिœयाउने योजना सार्वजनिक गरेको हो ।

‘अतिथि देवो भव कार्यक्रममा एक व्याक्तिले ३ साथी नेपाल घुम्न पठाउने अभियान सुरु गर्न लागेका छौ,’ एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन नेपाल समितिका अध्यक्ष भवन भट्टले भने । बिहीबार नेपाल एआरएनए अन्तर्गत रहेको पर्यटन प्रवद्र्धन नेपाल समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले विश्वका ७५ देशमा ५० लाखभन्दा बढी नेपाली रहेको उल्लेख गर्दै नेपालको प्रवद्र्धनमा महŒवपूर्ण योगदान गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले अब नेपालको प्रवद्र्धन गैरआवसीय नेपालीले गर्न सक्ने बताउँदै नेपाल सरकार सहकार्य गर्न तयार रहेको बताए । ‘अतिथि देवो भव कार्यक्रमबाट सुरु भएको सहकार्य अब निरन्तर रहने छ, यसले नेपालको पर्यटनलाई टेवा पुग्ने छ,’ सचिव अधिकारीले भने । नेपालको पर्यटन विकासमा हवाई क्षेत्रको पहुँच ठूला सहरमा विस्तार गर्न नसक्दा समस्या भएको उल्लेख गर्दै अब नेपाल वायुसेवा निगमलाई बलियो बनाउन जहाज खरिद प्रक्रिया अगाडि बढाएको बताए । पर्यटनको पूर्वाधार निर्माणमा नेपाल सरकार लागि परको उल्लेख गर्र्दै गैरआवसीय नेपालीले पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा अधिकारीले जोड दिए ।

कार्यक्रममा बोल्दै गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले विश्वका ७५ मुलुकमा सञ्जाल रहेको संघले पर्यटनमा ठूलो योगदान गर्न सक्ने बताए । ‘७५ वटा देशमा विभिन्न गतिविधि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँगको सहकार्यमा गर्ने गरी अतिथि देवो भव कार्यक्रम अगाडी बढाइएको हो,’ अध्यक्ष घलेले भने । उनले बोर्डलाई जुनसुकै कार्य गर्दा पनि संस्थागत सहकार्य गर्न सुझाव समेत दिए । त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले  गैरआवसीय नेपाली संघसँगै सहकार्य गरेर नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘हामीले संघसँग मिलेर अतिथि देवो भव कार्यक्रमलाई अगाडि बढाएका छौं, जुन सकारात्मक रुपमा कार्यान्वयन हुँदै गएको छ,’ जोशीले भने । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हरेक वर्ष नेपालमा विदेशी पर्यटकको घुम्ने संस्कृति बढ्दै गएको बताए । उनका अनुसार नेपालमा धेरै मात्रामा फुर्सदको समयमा घुम्ने मात्र नभएर मेडिकल, मनोरञ्जन, धार्मिकसहितका पर्यटकको पनि आकर्षण बढ्न थालेको उनको बुझाई छ ।  

अभियानका प्रमुख पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । उनका अनुसार विश्वभर पर्यटनमा अगुवाई गरेको देशको बीचमा रहेको नेपालको उपस्थिति बलियो बनाउनुपर्ने तर्क पेस गरे ।

डेनमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपिला राजभण्डारीले आआफ्नो प्रस्तुतीकरण समेत दिएका थिए । उनीहरुले बोर्डले गाइडलाइन दिनुपर्ने, अन्तर्राष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनुपर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलब्ध हुनुपर्ने सहितको माग पनि पर्यटन प्रवद्र्धन दूतको छ ।
 

प्रकाशित: २१ आश्विन २०७३ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App