६ वैशाख २०८१ बिहीबार
अर्थ

निसानको नयाँ किक्स  नेपालमा

काठमाडाैं – नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले लामो समयदेखि प्रतीक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स फागुन ५ गतेदेखि बजारमा ल्याएको छ। किक्स गाडीले ग्राहकलाई विशेष सुविधा सहित आरामदायी सेवा दिने कम्पनीको भनाइ छ। यसको फराकिलो भित्री भाग र स्टाइलिस्ट बाहिरी भागले ग्राहकलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ। राम्रा विशेषतासहित सुरक्षाको हिसाबले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा इन्ट्री लेभलको मूल्य ४७ लाख ९९ हजार र टप लेभलको ५९ लाख ९९ हजार तोकिएको कम्पनीको भनाइ छ। 

यसका विशेषतामा एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिने ८ इन्चको टचस्क्रिन, एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र इबिडी र बिए सहितको एबिएस छन्।

यो एसयुभी गाडी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुईप्रकारका छन्। यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जिप ब्लु पर्ल र नाइट सेड गरी सात प्रकारका रङमा उपलब्ध छन्। 

बिक्री प्रारम्भ गर्न आयोजित समारोहमा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासामु ल्याउन सकेकोमा खुसी व्यक्त गरे। यसले नेपालीको अभिरुचि पूरा गरेर मन जित्ने उनले बताए। 

यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ डाइनामिक्सलाई परिपूरकको काम गरेको कम्पनीको भनाइ छ। नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५एच४केको पाँच स्पिड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५के९के डिसिआईको ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन्।

यसको माइलेज क्षमता उत्तम मानिएको छ। पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको छ। यी गाडी पायोनियरको नयाँ बिक्री कक्ष काठमाडौं उत्तरढोका र देशभरका बिक्री केन्द्रबाट खरिद गर्न पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ फाल्गुन २०७५ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App