coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

आर्थिक कुटनीतिका माध्यमबाट सम्बन्ध विस्तारमा सहयोग

काठमाडौं – विभिन्न मुलुकका लागि हालै नियुक्त राजदूतहरूले आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा सहयोग गर्ने बताएका छन्। उनीहरुले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र त्यसक्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर काम गर्ने बताए।

मलेसिया, संयुक्त अरब इमिरेटस, फ्रान्स, कुवेत, क्यानाडा, युएन, थाइल्यान्डका लागि हालै नियुक्त राजदूतसँग नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आर्थिक कुटनीतिबारे छलफल गरेको थियो। महासंघ अध्यक्ष भवानी राणाले आर्थिक व्यावसायिक विकासमा निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरिन्। अध्यक्ष राणाले बिप्पा/डिटिएमा समेत संयुक्तरूपमा कार्य गर्नुपर्नेमा जोड दिइन्।  

राजदूतहरुले मुलुकको हितका लागि सम्पूर्ण प्रयास केन्द्रित हुनेमा जोड दिँदै राणाले आर्थिक कुटनीतिलाई प्रभावकारी ढंगले उपयोग गरी नेपालमा लगानी, पर्यटन, कला संस्कृति (नेपाली चलचित्र), नेपाली उत्पादन (नेपाली हस्तकला)को प्रचार प्रसारमा केन्द्रित गर्ने भन्दै खासगरी दुई देशका निजी क्षेत्र बीचको सम्पर्क तथा सम्बन्धलाई जोड्दै सोही माध्यममार्फत लगानी तथा व्यापार विस्तारमा जोड दिने विश्वास दिलाए। 

कुन देशमा नेपालबाट के कस्तो वस्तु तथा सामान के कति परिमाणमा निर्यात गर्न सकिन्छ त्यसबारे आवश्यक सूचना महासंघ जस्ता संस्थाबाट उपलब्ध गराउनु पर्ने सुझाव उनीहरूको थियो। बिटुबी सम्बन्ध र व्यापार प्रवद्र्धनका कार्यक्रममा नेपाली निजी क्षेत्रलाई सहभागी गराउने, व्यावसयिक प्रतिनिधिमण्डलको आदानप्रदानमा सहजीकरणको भूमिका निर्वाह गर्ने कार्यमा आफूहरूले सहयोग गर्ने विश्वास राजदूतहरुले दिलाए।

प्रकाशित: ६ फाल्गुन २०७५ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App