coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ

काठमाडाैं - मालपोत कार्यालय सप्तरीका नायब सुब्बा र कम्प्युटर अपरेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार दिउँसो पक्राउ गरेको छ। मोही जग्गाको बाँडफाँट गरी श्रेस्ता कायम गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहलाई अख्तियारको टोलीले रंगेहात समातेको हो। निजहरुले सेवाग्राहीसँग ३ हजारका दरले घुस लिइरहेको अख्तियारले जनाएको छ। कार्यलय परिसरमै समातिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 

 

प्रकाशित: ५ फाल्गुन २०७५ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App