८ वैशाख २०८१ शनिबार
राजनीति

बैंकहरू प्रतिस्पर्धी नभए हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

फाइल तस्बिर

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था प्रतिस्पर्धी नभए हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) १० वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा न्यूनतम नाफा हुनैपर्नेमा द्विविधा नभएको भन्दै प्रतिस्पर्धी बन्न सहज बनाएका हुन्।

अबको एक दशकमा बैंक तथा वित्तीय संस्थाहरू प्रविधि र सेवाका हिसाबले निकै अघि बढ्ने बताउँदै उनले भने, ‘बैंकहरूले बढी ब्याजदर लिँदा व्यवसाय गर्ने वातावरण बिग्रिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। बैंकहरूले त्यसमा अटेरी गरे सरकारले हस्तक्षेप गर्ने उनले बताए।

कार्यक्रममा राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले सात सय तीन स्थानीय तहमा बैंक शाखा पुगेको जानकारी दिए। ब्याजदरका विषयमा शनिबारमात्रै प्रधानमन्त्री केपी शर्माओलीले समेत ब्याजदर घटाउन निर्देशन दिएका थिए। त्यस समयममा बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय राष्ट्र बैंकका गर्भनर भने केही बोलेका थिएनन्।

अर्थमन्त्रीले ब्याजदर प्रतिस्पर्धी बनाउन चेतावनी दिए पनि नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने तत्काल ब्याजदर घटाउन नसक्ने बताएका छन्। ‘गाउँगाउँमा शाखा विस्तार हुँदा बैंकहरूको सञ्चालन खर्च बढेको छ’, उनले भने,  ‘आन्तरिक बचतले ऋणको माग धान्न सक्ने अवस्था छैन, ‘निक्षेपमा ब्याजदर उच्च छ। अधिकांश बैंकको आधार दर(बेसरेट) नै औसत १० प्रतिशत छ,’ उनले थपे, ‘यस्तो अवस्थामा सस्तोमा कर्जा प्रवाह गर्न सकिँदैन।

राष्ट्र बैंकले हरेक वर्ष स्प्रेडदर घटाउँदै आएको छ। अर्को वर्ष सम्भवतः यो ४ प्रतिशत पुग्छ।  अबको केही वर्षमै बैंकहरूको प्रभावकारिता बढ्ने हुँदा तरलतासमेत सहज हुनसक्ने अध्यक्ष ढुंगानाले बताए। 

 

प्रकाशित: ५ फाल्गुन २०७५ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App