coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षकमाथि कुटपिटको विरोधमा विद्यालय बन्द

सर्लाही - शिक्षकमाथि कुटपिट भएको विरोधमा आइतबार सर्लाहीस्थित ईश्वरपुर नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्।

ईश्वरपुर–१४ स्थित जनता माध्यमिक विद्यालय श्रीनगरका शिक्षकमाथि कुटपिट भएको विरोधमा नेपाल शिक्षक महासंघको आव्हानमा नगरका सबै सामुदायिक विद्यालय बन्द गरिएको हो। सरस्वती पूजामा विद्यार्थीहरुबीच विवाद भएको विषयलाई लिएर गत फागुन १ गते स्थानीयले विद्यालयमा प्रवेश गरी प्रधानाध्यापक रामअशेष महतो र शिक्षक श्रीनारायण महतो लगायत केही शिक्षकमाथि हातपात गरेकाले घटनाको विरोधमा विद्यालयहरु बन्द गरिएको महासंघ ईश्वरपुरकी अध्यक्ष लक्ष्मी बाँनियाले जानकारी दिइन्।

शिक्षक महासंघले घटनाका दोषीलाई तत्काल पक्राउगरी कारबाहीको माग समेत गरेको छ। शिक्षकमाथि कुटपिटको घटनापछि जनता माध्यमिक विद्यालयमा पठनपाठन नै सञ्चालन हुन सकेको छैन्। पीडित शिक्षकहरुले आफूहरु माथि कुटपिट गर्नेहरुविरुद्ध ईलाका प्रहरी कार्यालय कशेरगञ्जमा किटानी जाहेरी नै दिएका छन्।

अध्यक्ष बाँनियाले दोषीउपर कानूनी कारबाही नभए शिक्षकहरु अझ शशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइन्। शिक्षकलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने वातावरण तयार पार्न समेत महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

 

प्रकाशित: ५ फाल्गुन २०७५ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App