७ वैशाख २०८१ शुक्रबार
समाज

६० हजार घुस सहित सब-इन्जिनियर पक्राउ

काठमाडाैं - कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घुस सहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईलाई नगदसहित पक्राउ गरेको हो।

उनले निर्माण सम्पन्न भएको कल्भर्टको बिल फरफारक गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेका थिए। घुस रकम माग गरेको बारे अख्तियारलाई जानकारी आएपछि उनलाई रंगेहात नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका बजगाई माथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ। उनलाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने भएको छ।

 

प्रकाशित: ५ फाल्गुन २०७५ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App