भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच बैठक

आइतबार, ०५ फागुन २०७५, १५ : ४६ एजेन्सी

काराकास - भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको बताएका छन्।

दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई वटा बैठक भइसकेको उनले शनिबार जानकारी दिए। “हामीले दुई बैठक सम्पन्न गरिसकेको साँचो हो, तर त्यसका बारेमा मैले सबै विवरण दिन सक्दिन, मैले गोपनीयताको ख्याल गर्नु पर्दछ,” उनले भने।

भेनेजुएलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उनले एक अर्कालाई राम्रोसँग चिन्नेगरी र विषयवस्तुलाई बुझ्नेगरी छलफल गरेको बताए। उनले भने, “बैठकमा विवादका कुराहरु भए, अरु गहिरो मतभिन्नताका कुरा भए, संगसंगै आपसी चासोका बारेमा पनि एक अर्कालाई बतायौँ।” उनले यी बैठकहरुबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको पनि जानकारी दिए।

भेनेजुएला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्नका लागि एउटा साझा निकाय बनाउने बारेमा पनि छलफल भएको भेनेजुएलाका विदेशमन्त्रीले बताए। अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुएलाका प्रतिनिधिहरुको दुई पक्षीय बैठकका बारेमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पुरै जानकारी भएको पनि विदेश मन्त्रीले बताए। 








यसमा तपाईको मत

अन्य समाचार

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम...

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad