८ वैशाख २०८१ शनिबार
समाज

टिपरको ठक्करबाट बालिकाको मृत्यु

पाल्पा- निस्दी गाउँपालिका–७, पाल्पामा टिप्परको ठक्करबाट ५ वर्षिय बालिकाको मृत्यु भएको छ। रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ९ वर्षिय ममिता सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

होङसी शिवम् सीमेन्ट उद्योगका लागि चुनढुङ्गा लिएर जाँदै गरेको ट्रिपरको ठक्करबाट विद्यालय जाँदै गरेकी बालिकाको ज्यान गएको हो। निस्दी गाउँपालिका–७,ज्यामिरेको लामेटारका ठक्कर दिने टिप्परका चालकलाई नियन्त्रणमा लिएको पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए। स्थानीयले बालिकाको शव बाटोमै राखेर प्रदर्शन गरिरहेका कारण उद्योग खानी जाने बाटो पूर्ण रुपमा बन्द भएको छ।

स्थानीयको अवरोधपछि बन्द रहेको होङसी सीमेन्ट उद्योगको खानी शनिबार बेलुकादेखीमात्र सञ्चालनमा आएको थियो। स्थानीयको समस्या कम्पनीले नबुझेको भन्दै निस्दी गाउँपालिका–७, ज्यामिरेका स्थानीयले फागुन १ गतेदेखी टिप्पर सञ्चालनमा रोक लगाएका थिए। शनिबार स्थानीयको मागहरु पुरा गर्न कम्पनी तयार रहेको प्रतिवद्धतापछि कार्यदल बनाई अवरोध खुलेकोथियो। पूनः खानीबाट चुनढुङ्गा ओसार्ने काम बन्द हुँदा सीमेन्ट उद्योग समेत प्रभावित बन्न पुगेको छ।

प्रकाशित: ५ फाल्गुन २०७५ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App