कांग्रेसमा गच्छदार ‘सेटल’, फोरमका अरू कार्यकर्ता अलपत्र

आइतबार, ०५ फागुन २०७५, १३ : ०९ चिरञ्जिवी घिमिरे

काठमाडौं – संघीय तहको निर्वाचनअघि नेपाली कांग्रेससँग एकता भएको लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन भएका छन्।

कांग्रेसमा समाहित भएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि एकता पछिको जिम्मेवारी बाँडफाँट नहुँदा फोरमका नेता तथा कार्यकर्ताहरू पार्टीमा जिम्मेवारी पाउनबाट वञ्चित भएका छन्।

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका कार्यकर्ताहरूले भने पार्टीले जिम्मेवारी नदिएर आफूहरूको राजनीतिक भविष्य नै अन्यौलमा पारेको दुखेसो गरेका छन्।

‘व्यवस्थापनको सबै जिम्मा हामीले विजय दाई (विजय गच्छदार) लाई दिएका हौँ। तर अहिलेसम्म केही भएको छैन’, तत्कालीन फोरम लोकतान्त्रिकका महामन्त्री भारातेन्दु मल्लिकले भने, ‘सक्रिय राजनीति गर्ने हामीलाई अहिले पार्टीले प्यारालाइज बनाइसक्यो। सबैलाई अब के गर्ने भन्ने चिन्ता छ। अब विकल्प सोँच्ने बेला पनि आएको छ।’

दश वर्षसम्म मधेसको राजनीति स्वाद चाखेर आफ्नै मुल पार्टी फर्किएका विजयकुमार गच्छदारले पार्टीमा भूमिका पाए। तर उनीसँगै आएका कतिपय नेताहरू भने अहिले बिचल्लिमा परेका छन्। एकतामा भएको सहमतिअनुसार गच्छदारले पार्टीमा उपसभापति र संसदीय दलमा उपनेताको भूमिका पाएका छन्।

आफू उपसभापति नभएसम्म पार्टीका बैठक तथा सार्वजनिक कार्यक्रममा नै खरो रूपमा प्रस्तुत भएका गच्छदार पार्टीमा आफूले भूमिका पाएपछि भने मौन छन्। महासमिति बैठक पछि केन्द्रीय समितिको पटक–पटक बैठक बसिसक्यो तर गच्छदारले भने आफ्ना कार्यकर्ता व्यवस्थापनको सन्दर्भ उठाएका छैनन्।

आफू उपसभापति नभएसम्म पार्टीका बैठक तथा सार्वजनिक कार्यक्रममा नै खरो रूपमा प्रस्तुत भएका गच्छदार पार्टीमा आफूले भूमिका पाएपछि भने मौन छन्। महासमिति बैठक पछि केन्द्रीय समितिको पटक–पटक बैठक बसिसक्यो तर गच्छदारले भने आफ्ना कार्यकर्ता व्यवस्थापनको सन्दर्भ उठाएका छैनन्।

पछिल्लो समय भएको केन्द्रीय समिति बैठक महासमितिबाट भएका निर्णय कार्यन्वयनमा केन्द्रित भएका कारण गच्छदारले यी विषय उठाउन नपाएको कांग्रेस नेता प्रदीप पौडेल बताउँछन्।

‘पछिल्लो समय भएको बैठकमा केन्द्रीय सदस्य तलैबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि हुने कि स्वतः हुने भन्ने र समानुपातिकमा पटक–पटक अवसर पाउने/नपाउने विवाद छ’, उनले नागरिकसँग भने, ‘बैठकमा अरू विषय नउठेकाले पनि उहाँले कुरा राख्न नपाउनु भएको होला।’

गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि कांग्रेससँग समाहित हुँदा गच्छदारले आफूलाई उपसभापति र आफ्नो पार्टीका १५ जना शीर्ष नेतालाई केन्द्रीय सदस्य बनाउन प्रस्तावअघि सारेका थिए। यस्तै, ६३ जिल्लामा संगठन भएको फोरमका २० हजार कार्यकर्तालाई क्रियाशील सदस्यता दिनुपर्ने, पाँच सयको संख्यामा महाधिवेशन प्रतिनिधि बनाइनुपर्ने, प्रत्येक विभागमा ३/३ जना सदस्य गच्छदारको पार्टीबाट बनाइनुपर्ने प्रस्ताव गरेका थिए।

यस्तै, तीन सय महासमिति सदस्य दिइनुपर्ने, प्रदेश समितिमा ७/७ जनाको प्रतिनिधित्व गराउनुपर्ने र जिल्ला, नगर, गाउँलगायत समितिमा उपसभापतिसहित १० जनाको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गच्छदारले गरेका थिए।

यो प्रस्तावमा सभापति शेरबहादुर देउवाले पनि सहमति जनाएका थिए। यी मागमध्ये गच्छदार उपसभापति भइसकेका छन् भने पुसमा सम्पन्न महासमिति बैठकबाट दुई सय महासमिति सदस्य र एक सय पर्यवेक्षक भइसकेका छन्।

गत कार्तिक २० गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले फोरमलाई कांग्रेसमा समाहित गर्ने प्रक्रियालाई अन्तिम रूप दिन पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।

अर्का उपसभापति तथा तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले क्रियाशील सदस्यको दस्तावेज नदिएका कारण अन्तिम टुंगो लगाउन समस्या भएको निधिले बताए। ‘यसका लागि गृहकार्य भइरहेको छ। गच्छदारजीले उहाँको पार्टीको क्रियाशील सदस्यहरूको रेकर्ड तयार पार्दै हुनुहुन्छ’, उपसभापति निधिले भने, ‘उहाँले जुन दिन भन्नुहुन्छ त्यो दिन बैठक राखेर टुंगो लगाउन हामी तयार छौँ।’

एकता प्रक्रियाको काम धमाधम भइरहेकाले केही दिनभित्रै सकिने तत्कालीन लोकतान्त्रिक फोरमका शीर्ष नेता रामजनम चौधरीले बताए। ‘पार्टीको महासमिति बैठक, त्यसपछि केन्द्रीय समिति बैठकले अलिक ढिला भयो’, उनले भने, ‘क्रियाशील सदस्यको डाटा कम्प्युटरमा दर्ता गर्ने काम भइरहेको छ। केही दिनभित्रै टुंग्याउने गरी काम भइरहेको छ।’

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad