coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भाषा पास गरेका १९ हजार अझै काेरिया जान बाँकी

फाइल तस्बिरः काेरिया भाषा परीक्षाकाे अावेदन भर्न लाइन बसेका नेपाली युवा

काठमाडाैं– कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा तपाईंले कोरिया उड्ने सपना देख्नु भएको छ भने पख्नुस् है ! भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि कोरिया जानका लागि थुप्रै प्रक्रिया बाँकी हुन्छन् । तिनै प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका १९ हजारभन्दा बढी युवायुवती अझैं त्यहाँ जानबाट वञ्चित भएका छन् । कोरियन रोजगारदाताको छनोटमा नपर्दा उनीहरूको कोरिया जाने सपना चकनाचुर भइरहेको हो ।

ठूलो रकम र समय खर्चेर राजधानीमा कोरियन भाषा सिकेका युवायुवती कोरिया जान नपाएपछि यतिखेर निराश भइरहेका छन् । चार वर्षअघि भाषा परीक्षा उत्तीर्ण गरेका दाङका टंक आचार्यले कोरिया प्रलोभनमापर्दा ठूलो रकम र समय नष्ट भएको गुनासो गरे । भाषासिक्न ६० हजार रुपैयाँखर्चेका र एक वर्ष लगाएकाआचार्यले अन्तिम समयमा उताबाट बोलावट नहुँदाकोरिया जाननपाएको बताए । ‘पहिलालिइएको भाषा परीक्षामा उत्तीर्ण भएका सबै नउडेसम्मअर्को भाषा परीक्षा सञ्चालननगर्नुपर्नेमा सरकारी कर्मचारी चासो नै दिँदैनन्,’ उनले गुनासो गरे, ‘कोरियनले जे भन्छन् । त्यहीमान्दाकैयौं युवायुवतीको बिचल्लीभइरहेको छ ।’

गर्दै आएको जागिर, व्यवसायतथाअध्ययन छाडी भाषासिकेरकोरिया जाने एकसूत्रीयअभियानमालागेकायुवायुवतीअन्तिम समयमा छनोटमा पर्न नसकेपछि धोकाभएको भन्दै विभिन्ननिकायमागुहार गरिरहेका भेटिन्छन् । ‘कोरिया जानकालागिजिटुजी (दुवै देशको सरकारी निकाय) प्रक्रियाबाट छनोट गरिने भएकाले कमसेकमभाषा परीक्षा उत्तीर्ण भएकालाई जसरी पनि उड्न पाउने व्यवस्थाहुनुपर्ने हो,’ चार वर्षअघि नै भाषा परीक्षा उत्तीर्ण गरेकाविराटनगरकाअवधकार्कीले भने, ‘कोरिया जाने भनेर राजधानीआइयो । भाषा परीक्षापनि उत्तीर्ण भइयो । तर, अन्तिम समयमा उताबाट बोलावट भएन। अब कसरी घर फर्कने ?’ कोरियामागएर कमाइ गरेपछि मात्र बिहे गर्ने योजनाबनाएको बताउने कार्कीले अब बिहे गर्ने  मुडसमेत नभएको गुनासो गरे ।

इपिएस कोरिया शाखाकाअनुसार सन् २००८ देखि हालसम्म५० हजार ३ सय ६५ युवायुवतीलेकोरियनभाषा परीक्षा उत्तीर्ण गरेपनि ४० हजार नौ सय ४५ मात्र उड्न सकेका छन् । शाखाकाअधिकृत शोभाकर भण्डारी भाषा परीक्षालिनेदेखि लिएर कापीजाँचगर्ने र कामदार बोलाउनेसम्मका सबै कामकोरियनअधिकारीले नै गर्छन् ।

भाषा परीक्षामा उत्तीर्ण भएकाको नामकोेरियाको मानव संशाधनविभागले रोस्टरमाप्रकाशित गरेपछि मात्रत्यहाँका रोजगारदाताले नेपालबाट कामदार बोलाउने अहिलेको प्रचलनहो । ‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्दैमाकोरियामा रोजगारीको ग्यारेन्टी होइनभन्दै आएका छौं,’ भण्डारीले भने, ‘भाषा परीक्षामा सफलभएकाहरूलाई कोरियन रोजगारदाताले नबोलाउनपनि सक्छन् ।’

कोरियन रोजगारदाता नेपालीकामदार बोलाउँदात्यस्ताव्यक्तिले गर्ने कामको सैद्धान्तिक र प्रयोगात्मक सीप परीक्षण गर्ने व्यवस्थामिलाइएको हुन्छ । भण्डारीकाअनुसार रोजगारदाताले चाहने हो भने कामदारले नेपालमासिकेको भाषा परीक्षाको ज्ञान मात्रनभई सम्बन्धितकामप्रतिउसको प्रयोगात्मक ज्ञान पनि भिडियोमार्फत जान्ने व्यवस्थामिलाइएको हुन्छ ।

कोरियनभाषा उत्तीर्ण गरेकाव्यक्तिलाई दुई वर्षसम्मकुनै पनि रोजगारदाताले नबोलाएत्यस्ताव्यक्तिको नाम रोस्टरबाट हट्ने गर्छ । तीव्यक्तिले  कोरिया जानखोजे पुनःभाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । इपिएस कोरिया शाखाकाअनुसार सन् २००८ यता ५० हजार ३ सय ६५ युवायुवतीले कोरियनभाषाको परीक्षा उत्तीर्ण गरेपनिहालसम्म ४० हजार ९ सय ६५ मात्रकोरिया उड्न पाएका छन् । पछिल्लोपटक ६ महिनाअघिको भाषा परीक्षामा उत्तीर्ण भएका३हजार ५ सय १७जनाकोभने रोस्टरमाराख्नेकामभर्खर सकिएको छ ।

‘असोज ११ गतेसम्म ६ महिनाअघिको भाषा परीक्षामा सफलतथाअसोज ४ देखि ७गतेसम्मको स्वास्थ्य परीक्षणमा योग्य ठहरिएकाव्यक्तिको नामअभिलेख भइसकेपछि कोरियन रोजगारदाताले बोलाउनथाल्लान्,’ भण्डारीले भने । कोरियाले सन् २०१६ कालागि नेपालबाट लैजाने कामदारको कोटा ३हजार १सय छुट्ट्याएपनिभाषा परीक्षामाभने ३हजार ५ सय १७ उत्तीर्ण भएकाथिए । कोरियाले छुट्ट्याएको कोटामा पर्न ६० हजार ६ सय २६ युवायुवतीले प्रतिस्पर्धा गरेकाथिए ।


हालसम्मकोरिया जाने खोज्ने र गएकाको विवरण

वर्ष (सन्)    प्रतिस्पर्धी    उत्तीर्ण    कोरिया उडेका
२००८         ३१५२५    ६७८६    २८१४
२००९           –            –        १९११
२०१०          ३६२०३    ४१८०    २३३९
२०११           ५००४३    १५६७८    ३९८३
२०१२              –           –          ६३३२
२०१३             ४४१२२    ८०५१    ५०४६
२०१४               ५८७४६    ३६६३    ६०२८
२०१५              ५११३७    ८४९०    ५८६६
२०१६                 ६०६२६    ३५१७    ६६२६
जम्मा                ३,३२,४०२    ५०,३६५    ४०,९४५

स्रोतः  इपिएस कोरिया शाखा

प्रकाशित: २१ आश्विन २०७३ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App