coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सामाजिक सञ्जालमा पशुपति चर्चा :  'हनुमान चालिसा गाउनु पर्ने ?'

काठमाडौं- गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्। सरकार समर्थकहरु गीतको विपक्षमा देखिएका छन्। अधिकांस सामाजिक सञ्जाल प्रयोगकर्ता शर्माको पक्षमा वहसमा उत्रिएका छन्।

शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ।

नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाइरहेका छन्। सरकारी कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई लयमा ढालिएको छ।

यथार्थ पो लेख्न नपाउने होला। विकृति र विसंगतिको गीत पो गाउन नपाउने होला! चिन्ता किन प्रिय स्रष्टाहरू ? भजन गाउन हामीलाई कस्ले रोक्छ? लालिगुराँस, हिमाल र रून्चे पिरिमको गीत,कविता लेख्न/गाउन हामीलाई कौना माइका लालले रोक्छ? यति भन्दै मेरो दुई शब्द यहीँ टुंग्याउँछु। #सेन्सरसिप

— NAYAN RAJ PANDEY (@NayanRajPandey) February 17, 2019

नेकपा निकट विद्यार्थी नेता सुरेन्द्र बस्नेतले शर्माको गीतमाथी प्रतिबन्ध लगाउनु पर्ने स्ट्याटस फेसवुकमा लेखेका छन्। 'पशुपति शर्माको पछिल्लो गीत वहिष्कार गरौं। सार्वजनिक संचारको माध्यमवाट मनपरि गर्न पाइन्न। लुट्नलाई खुल्ला आह्वान गर्ने , मुलुकमा यमराजको शासन देख्ने , सम्मानित राष्ट्रपतिलाई विवादमा तान्ने,राजनीतिक कार्यकर्तालाई कुकुर भन्ने, भिडियोमा नियोजित रुपमा पटकपटक कम्युनिष्ट पार्टीको झण्डा देखाउने यो प्रायोजित गीतलाई प्रतिवन्ध लगाउनुपर्छ।' उनले लेखेका छन्।

पशुपति शर्माको गीत "लुट्न सके लुट" युटुबबाट हटाउन सरकारी मान्छेले दबाब र धम्की दिएकाे बुझियाे ।याे अभिव्यक्ति स्वतन्त्रता विराेधी भिजिलान्ते संस्कृतिकाे प्रतिराेध गराैं।

— dambar khatiwoda (@dambarkhatiwoda) February 17, 2019

नेकपा निकट युवा संगठनका नेता रामप्रसाद सापकोटाले भने यस गीतको बारेमा सन्तुलित भनाई फेसवुकमा राखेका छन्। उनले शर्माको आलोचनात्मक चेतसँग आफु सहमत भए पनि उनको भाषासँग असहमत भएको बताएका छन्। तर आलोचनाकै आधारमा उनको गीतमाथी प्रतिवन्ध लगाउने सोच्नु गलत हुने उनको भनाई छ। 'गायक पशुपति शर्माको आलोचनात्मक चेतसँग म पनि सहमत छु। कलाकारले अलिकति आक्रोस, अलिकति व्यांग्य र राजनीतिक सत्तामा देखिने विकृतिलाई खबरदारी गर्नै पर्छ तर उनको भाषा शैलीसँग सहमत हुन सकिन्न। कार्यकर्ता सुबै कुकुर होइनन्, नेता सबै भ्रष्टचारी हुँदैनन्, शाषक सबै यमराज होइनन्। राष्ट्रियस्तर र चर्चित कलाकारले यस्तो असभ्य भाषा प्रयोग गरेको सुहाएन। तर सरकारले उनको गीतमाथि आलोचनाकै आधारमा प्रतिबन्ध लगाउने सोच्नु निरकुंशता हुन्छ! मैले बुझेको कुरो यत्ति!

'हनुमान चालिसा गाउन छाडेर साथीहरु गीत गाउन थाल्छन्, रामराज्य खोजेको बेला कहाँको गीत? निरोको बासुरी मात्र बज्ने हो।' अनिल बोगटीले ट्वीट गरेका छन्।

संगीतकार चेतन सापकोटाले बस्नेतको स्ट्याटसमा कमेन्ट गर्दै भनेका छन्, ' गणतन्त्र मा ब‍ल्न चै पाईने गीतगाउन नपाईने हो लुटन पाईने लुटेछन भन्न न पाईने हो त्यसो भय कम्युनिस्ट शासन हैन यो।'

दिल निसानी मगरले एउटा स्थापित गायक-सर्जकलाई शब्द चयन गर्न सिकाई हाल्नु पर्ने, गीत सुन्न पनि नपाईने, सधैभरी उखान-टुक्का मात्रै सुनिदिनु पर्ने। यो कस्तो शासन हो? भन्दै ट्वीटरमा प्रश्न गरेका छन्।

 

 

 

 

 

प्रकाशित: ५ फाल्गुन २०७५ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App