बालबालिकामा क्रिकेट क्रेज बढ्दै

आइतबार, ०५ फागुन २०७५, १० : ४१ टंक क्षेत्री

सर्लाही – केही दिनअघि सदरमुकाम मलंगवास्थित जीर्ण रंगशाला (कभर्डहल) पुग्दा १२ जना ससाना बालबालिका क्रिकेट खेलिरहेका भेटिए। छेउमा टेबुलमाथि साना दुईवटा कप अनि ६ वटा गोल्ड र ६ वटै सिल्भर मेडल पनि राखेका थिए उनीहरूले।

मलंगवा नगरपालिका वडा नं. २ स्थित एउटै टोलका ८ देखि १२ वर्षका उनीहरू ६–६ जनाको टिम बनाएर क्रिकेट खेलिरहेका थिए। ‘एक जनासँग २५ रुपैयाँ उठाएर कप र मेडल किनेका हौं’, एउटा टिमका कप्तान १२ वर्षीय कृष्ण राउतले नागरिकसँग भने, ‘आज स्कुल बिदाको दिन भएकाले म्याच खेलेका हौं, शनिबार र सार्वजनिक बिदाको दिन हामी यसरी नै पैसा उठाएर म्याच खेल्ने गरेका छौं।’

१० ओभरको खेलमा यो पंक्तिकार पुग्दा विशाल यादवको टिमले ९ ओभरमा अलआउट हुँदै ४९ रन जोडेर कृष्णको टिमलाई ५० रनको लक्ष्यसहित ब्याटिङको निम्तो दिएको थियो। ‘१० ओभरको खेलमा ४९ रन बनाउन सक्यौं,’ पहिला ब्याटिङ गरेको टिमका कप्तान विशालले उत्साहित हुँदै भने, ‘अब उनीहरूलाई ४० रनमै समेट्ने लक्ष्य राखेका छौं।’

अर्काे टिमका कप्तान कृष्ण पनि के कम, छेउमै रहेको कप र मेडलतिर हेर्दै थपे, ‘हामी जसरी पनि ५० रन हासिल गरेर प्रथम कप उचाल्ने गरी खेल्नेछौं।’

आफ्नै खर्चमा पारस र सन्दीपको उत्तराधिकारी बन्ने प्रयास।

प्रतियोगितामा सहभागी १२ जनाले नै क्रिकेटबाहेक आफूहरूलाई अन्य कुनै खेल मन नपर्ने बताए। ‘पढाइलेखाइबाहेक हाम्रो ध्यान क्रिकेटमै हुन्छ,’ ८ वर्षीय राजा राउतले भने, ‘ठूलो भएपछि भारतका महेन्द्रसिंह धोनीजस्तै बन्छु र क्रिकेटबाटै देशको नाम चलाउँछु।’

भारतीय सीमा क्षेत्र निवासी भए पनि उनीहरूमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीप्रति पनि उत्तिकै सम्मान थियो। एक टिमका कप्तान कृष्णले भने, ‘मलाई पारस खड्का एकदम मन पर्छ, उनले जस्तै खेलेर देशको लागि केही गर्ने इच्छा छ।’ अर्का टिमका कप्तान १२ वर्षीय विशालले भने आफूलाई सन्दीप लामिछाने साह्रै मन पर्ने सुनाए। उनले थपे, ‘इन्डियन प्रिमियर लिगसहित देशविदेशमा समेत नाम कमाएका सन्दीप लामिछानेजस्तै बन्ने प्रयासमा छु।’

सर्लाही क्रिकेट संघका उपाध्यक्ष निरोज कार्कीले पछिल्लो समय क्रिकेटको क्रेज तल्लो तहसम्म बढेको बताए। ‘पछिल्लो समय क्रिकेटको क्रेज गाउँगाउँका बालबालिकासम्म बढेको छ, आफ्नै खर्चमा मुङ्ग्राको भरमा टोलटोलमा क्रिकेट खेलिरहेको देखिन्छ’, कार्कीले भने, ‘तर राज्यको लगानी अझै पनि तल्लो तहसम्म पुग्न सकेको छैन।’ पछिल्लो समय नेपाली क्रिकेटले सफलता हासिल गर्दै गए पनि देशभरिमा ११ जना मात्र क्रिकेटको प्रशिक्षक रहनु र राज्यको तर्फबाट तल्लो तहसम्म उमेरसमूहमै खेलाडी उत्पादन गर्ने संरचना हुनु विडम्बना भएको कार्कीको दुःखेसो थियो।

राज्यको लगानीअनुसार फुटबलको तुलनामा क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा ठूलो छलाङ्ग मारिसकेको छ। व्यक्तिगत रूपमा खेलाडीहरूले समेत देशविदेशमा आफ्नो मात्र हैन नेपालकै चर्चा चलाइसकेका छन्। नेपाली क्रिकेट टोलीले केही दिनअघि मात्र एकदिवसीय र ट्वान्टी–२० प्रतियोगितामा युएईलाई समेत पराजित गरेर शृंखला कब्जा गरेको थियो।

अभिभावकसँग रोइकराइ गरेर २५ रुपैयाँ उठाउँदै म्याच खेल्ने यस्ता बालबालिकालाई बेलैमा राज्यको लगानी हुने हो भने क्रिकेटमा नेपालले अझ राम्रो गर्ने त छ नै, पारस खड्का, सन्दीप लामिछानेको उत्तराधिकारी पनि छ्यासछ्यासती उत्पादन हुने देखिन्छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad