८ वैशाख २०८१ शनिबार
अर्थ

दसैंलाई ३० हजार खसीबोका उपत्यका भित्रिए

काठमाडौं–  दसैंमा घरघरै खसीबोका काट्ने प्रचलन भएकाले उपत्यकासहित देशभर खसीबोकाको मागह्वात्तै बढेको छ । उपभोक्ताले दसैंलाई खसीबोका, भेडाच्यांग्रा किनिरहेका छन् ।

दसैंलाई लक्ष्य गरेर व्यापारीले मुलुकका विभिन्न जिल्लासहित भारतबाट समेत उपत्यकामा खसीबोका ल्याएका छन् । व्यापारी र नेपालखाद्य संस्थानले दसैंलाई करिब ३० हजार खसीबोका, भेडाच्यांग्रा ल्याएकाहुन् । घटस्थापनाको दिनदेखि नै दसैंलाई लक्ष्य गरेर विगत भन्दा धेरै खसी बोका ल्याइरहेको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ  । ‘दसंैको लागि करिब ३० हजार खसीबोका ल्याइएको छ,’ संघका पूर्व अध्यक्ष दीपक थापाले भने, ‘दैनिक ६ हजार खसीबोका ल्याउनेक्रम जारी छ ।’

यहाँका किसानले पालेकाले नपुग्ने भएपछि भारतबाटसमेत ल्याइएको हो । भारतसहित उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जारकोट लगायत जिल्लाबाट ल्याएको चौपाया खरिद–बिक्री सेवा, संघका अध्यक्षगोविन्द पाठकले बताए । ‘८५–९५प्रतिशतखसीबोकाको मासु विदेशबाट आयात हुन्छ,’ उनले भने, ‘यहाँको उत्पादननिकै थोरै भएकाले भारतबाट समेत ल्याइएको हो ।
उपत्यकामा दसंै–तिहारमाकरिब ५० हजार खसीबोका, भेडाच्यांग्रा खपत हुने अनुमान छ । ३० हजार ल्याइ सकिएको छ भने थपल्याउने क्रमजारी छ । अघिल्लो वर्षको तुलनामामूल्य उस्तै रहेको व्यापारीको दाबी छ ।

सरकारी स्वामित्वको नेपालखाद्य संस्थानले केही सस्तो मूल्यमा ३ हजार भेडाच्यांग्रा र खसीबोका बिक्री गरिरहेको छ । मुस्ताङबाट १५ सय भेडाच्यांग्रा, लहान, हेटौंडा, दाङबाट खसीबोका ल्याएको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले बताए । ‘खुलाबजारमा भन्दा किलोमा २५ देखि ५० रुपैयाँसम्म सस्तो दिएका छौं,’ श्रेष्ठले भने, ‘१५ सय बिक्री भइसके ।’ जिउँदो खसीबोका ४ सय ४० रुपैयाँकिलो र च्यांग्रा ६ सय ५० रुपैयाँ किलोमा बिक्री भइरहेको उनले बताए । ‘खसीबोकामा २५ र चेडाच्यांग्रामा ५० रुपैयाँ सस्तो दिएका छौं,’ उनले भने । संस्थानको थापाथलीस्थित गोदामबाट बिक्रीगरिरहेको छ । स्वास्थ्य परिक्षण गरेर ल्याएकाले ढुक्क भएर प्रयोग गर्न संस्थानले जनाएको छ ।

खुलाबजारमा व्यापारीले खसीबोका जिउँदोको ४ सय ६० रुपैयाँदेखि ४ सय ७५ रुपैयाँकिलोमा बेचिरहेका छन् । दसैंमा धेरै मासुखाने चलन रहेकोलेस्वास्थ्य परीक्षण गरेरमात्रबिक्रीगर्न अनुमतिदिएको पशु क्वारेन्टाइनले जनाएको छ । ‘रोगीखसीबोका बेच्ननपाऊन्भनेर चेकजाँच गरेका छौं,’ पशु स्वारेन्टाइन काठमाडौंकाप्रमुख परशुराम भुसालले भने, ‘नेपालभित्रिने स्थल र जिल्लाबाट बाहिरिँदापनिअनिवार्य स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने व्यवस्थामिलाएका छौं ।

उपत्यका प्रवेश गर्ने नाकामापशु चिकित्सक राखेर जाँच गरिएको पशु क्वारेन्टाइन काठमाडौंले जनाएको छ । कमीकमजोरी हुन नदिनउपत्यकाको चारवटै नाकाकलंकीखसीबजार, टुकुचा खसीबजार र थापाथलीखाद्य संस्थान, बिजुलीबजार, सल्लाघारी भक्तपुरमाअनुगमनभएको छ । पशु सेवाविभाग, पशुपक्षीबजार प्रवद्र्धन निर्देशनालय, भेटेरिनरी जनस्वास्थ्यकार्यालय, केन्द्रीयपशु क्वारेन्टाइन कार्यालय र केन्द्रीयपशु चिकित्सालयको संयुक्तअनुगमन टोलीले अनुगमन गरेको हो । केहीखसीबोकामा नाकबाट सिँगानआउने, निमोनियाँको लक्षण फेला परेपछि चिकित्सकहरुले उपभोक्तालाई सचेत हुनआग्रहगरेका छन् । निरोगीखसीबोकाप्रयोग गर्न उपभोक्ता सचेत हुनुपर्ने सरकारी अधिकारीले सुझाएका छन् ।  
मासुजन्य वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमागम्भीर असर पर्ने भएकाले रोगीखसीबोका, भेडाच्यांग्रालाई रोक लगाएको पशु चिकित्सकबोधनाथअधिकारीले बताए ।

‘काठमाडौंकाविभिन्नखसीबजारमा रोगी भेटिएकालाई बिक्रीगर्न रोक लगाएका छौं,’ अधिकारीले भने, ‘गाडीमा ल्याउनुपर्ने भएकोले रोगीभएकालाई उपचार गरेर ठीक भएपछि मात्र बेच्ननिर्देशनदिएका छौं ।’
गुणस्तहीन मासु लगायत वस्तुको बिक्रीवितरणनिरुत्साहितगर्नखाद्यप्रविधितथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थातथाउपभोक्ताहित संरक्षण विभागले पनि टोली परिचालन गरेको छ ।
मासुकोलागिप्रयोग हुने पशुलाई जिल्लाबाट निकासीगर्दा सम्बन्धितजिल्लाको पशु सेवाकार्यालयले समेत स्वास्थ्यजाँच गरी प्रमाणपत्र दिनुपर्छ । दसैं–तिहारमामासुको मागउच्चहुने भएकाले यहीसिजनमामात्रकरिब आधाअर्बकाखसीबोकाल्याउने चौपायाखरिद–बिक्री सेवा संघले जनाएको छ ।

उपत्यकामा भारतबाट करिब ३२ हजार खसीबोका ल्याइँदैछ । यो सिजनमा मात्र करिब आधा अर्ब रुपैयाँ भारत जाने भएको छ । भारतबाटमात्रनभएर चीनबाट केरुङ, कोरलानाकाहुँदै पनि भेडाच्यांग्रा भित्रिएका छन् ।
राजधानीमा मात्र नभएर मुलुकका प्रमुख सहरसहित सबै क्षेत्रमा खसीबोकाको मागउच्च छ । दसैंमा सबैको बिदा हुने र खानपिन, रमाइलो गर्ने भएकाले निकै धेरै मासु खपत हुन्छ । हुनले घरमै खसी ढाल्ने चलन छ भने कमआम्दानीहुनेले मासु पसलबाट ल्याएर प्रयोग गर्छन् । शक्ति पीठहरुमा नवदुर्गालाई बोकाबलि चढाउने चलन छ । नेपालमा वार्षिक ३लाख ३४ हजार टन मासु उत्पादन हुन्छ ।
 

प्रकाशित: २१ आश्विन २०७३ ००:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App