७ वैशाख २०८१ शुक्रबार
खेल

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

बंगलादेशविरुद्ध सट प्रहार गर्दै न्युजिल्यान्डका मार्टिन गुप्टिल । तस्बिरः एपी

क्राइस्टचर्च – मार्टिन गप्टिलको शतकप्रेरित घरेलु टोली न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकाल्दै तीन खेलको शृंखला २–१ ले आफ्नो बनाएको छ।

गप्टिलले आक्रामक ब्याटिङसँगै शतक बनाएपछि शनिबार हग्ले ओभलमा न्युजिल्यान्डले बंगलादेशमाथि ८ विकेटको जित निकाल्दै शृंखला आफ्नो बनाएको हो। २ सय २७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि गप्टिलले १ सय १७ रनको योगदान दिए। गप्टिलले करियरको १६औं शतक पूरा गर्दा न्युजिल्यान्डलले १३.५ ओभर बाँकी छँदै लक्ष्य पूरा गर्यो।

यसअघि भारतविरुद्धको शृंखलामा १५ रनभन्दा माथिको व्यक्तिगत स्कोर बनाउन असफल गप्टिलले बंगलादेशविरुद्ध पाएको जिम्मेवारी गहन रूपमा पूरा गरे। तर, बंगलादेशी बलरलाई सहजै खेल्दै गप्टिलले ८८ बलमा १४ चौका र ४ छक्का प्रहार गरे। ७.४ ओभरमा टिमको खातामा ४५ रन हुँदा न्युजिल्यान्डले पहिलो विकेटको रूपमा निकोलस हेनरीलाई १४ रनमै गुमाएको थियो।

सोही अवस्थामा निकै खराब ब्याटिङ गरेको बंगलादेशले भने २ विकेट गुमाउँदै ३२ रन मात्र बनाएको थियो। यता, गप्टिलले न्युजिल्यान्डको दोस्रो विकेटका लागि केन विलियम्सनसँग १ सय ४३ रनको बलियो साझेदारी गरे। बंगलादेशका बलर मुस्ताफिजुर रहमानले गप्टिललाई बाउन्ड्री लाइनमा लिटन दासबाट क्याच आउट गराउँदै सो साझेदारी तोडेका थिए।

त्यसअघि पनि रहमानले न्युजिल्यान्डको पहिलो विकेट लिँदा हेनरीलाई पनि बाउन्ड्री लाइनमै क्याच आउट गरेका थिए। तेस्रो विकेटका लागि विलियम्सनले र रोस टेलरले ४१ रनको अविजित साझेदारी गरे। त्यसक्रममा विलियम्सन ६५ रन र टेलर २१ रनमा अविजित रहे। त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले शीर्ष ब्याट्सम्यान सस्तै आउट भए पनि ४९.४ ओभरमा समेटिदा २ सय २६ रन बनायो।

बंगलादेशका लागि मोहम्मद मिथुनले ५७ रन र सब्बिर रहमानले ४३ रनको योगदान दिएका थिए। न्युजिल्यान्डका बलर लोकी फर्गुसनले ३ विकेट लिँदा तोड एस्टले र जेम्स निसमले समान २ विकेट निकालेपछि बंगलादेश मध्यम स्कोरमा रोकिएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App