coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गुरुङ र छन्त्याल पुरस्कृत

काठमाडौं –  नवौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमबीच पुरस्कृत गरेका छन्।

भीमसेनगोलास्थित आयोजक किङकम क्लबमा सिंहले नवौं बबिन स्मृति ब्याडमिन्टनका विजेता तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ र आकाश छन्त्याललाई नगद ४० हजारसहित रनिङ शिल्ड र ट्रफी प्रदान गरे। खेलाडीलाई पुरस्कृत गर्दै सिंहले प्रतिकूल मौसममा खुला आकाशमुनि खेलाडीले खेल्नुपर्दा निकै नै कठिनाइ व्यहोर्नुपरेको बताउँदै अर्को संस्करणमा कभर्डहलमा खेल्न आफूले सक्दो सहयोग गर्ने बताए।

खुला ब्याडमिन्टन कोर्टमा प्रतियोगिता सञ्चालन गर्नुपरेका कारण पुरस्कार वितरण शनिबारका लागि राखिएको थियो। पूर्वखेलाडीसमेत रहेका स्वर्गीय बबिनविक्रम विष्टको सम्झनामा आयोजित प्रतियोगिताको उपविजेता देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडीले नगद २५ हजार, तेस्रो भएका कम्प्लिट हेल्थ क्लबका पेम्वा शेर्पा र लोक लामाको जोडीले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

उदीयमान खेलाडी कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पालाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलसामग्री प्रदान गरे।

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App