कपिल शर्मा शाे बाट हटाइए सिद्धु

शनिबार, ०४ फागुन २०७५, २० : २९ नागरिक

काठमाडाैं - पुलवामा भएको घटनालाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका नवजोत सिंह सिद्धुलाई 'द कपिल शर्मा शो' बाट हटाइएको छ। उनलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएपछि शो बाट हटाइएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन्। उनको स्थानमा अब अर्चना सिंह पुरीलाई ल्याइने छ। सिद्धुको स्थानमा अर्चनालाई ल्याउन लागिएको यो दोस्रो पटक हो। यसअघि सन् २०१७ मा अर्चनालाई उनको स्थानमा ल्याइएको थियो।

सिद्धुले भारतको काश्मिर स्थित पुलवामा गत बिहीबार भएको आतंकवादी हमलालाई लिएर केहि व्यक्तिले गरेका नराम्रा कामलाई लिएर समग्र देशलाई नै दोषि ठहर गर्न नमिल्ने बताएका थिए। उनले भनेका थिए 'के केहि व्यक्तिले गरेको नराम्रो कामले समग्र देशलाई र कुनै व्यक्तिलाई नै जिम्मेदार मान्न सकिन्छ ? यो हमला निकै कायर हमला हो। म यो घटनाको निन्दा गर्छु। कुनै पनि हिंसालाई कुनै पनि तरिकाले जायज मान्न सकिन्न। जसले यस्तो निन्दनीय कार्य गरेको छ त्यसले सजाय पाउनुपर्छ।'

यसपछि उनको सामाजिक सञ्जालमा निकै विरोध भयो। सामाजिक सञ्जालहरुमा उनलार्इ शाे बाट हटाउन दबाब दिन अभियान नै चल्याे। सञ्जाल प्रयाेगकर्ताहरुले उनलार्इ शाे बाट नहटाइए कार्यक्रम नै वहिष्कार गर्ने चेतावनी समेत दिएका थिए। काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी ४० जना भारतीय सैनिकको मृत्यु भएको थियाे।  

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...