coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदीय समिति भन्छ : नेपाली महिलालाई बेलायती सैनिकमा नपठाऊ, गएकालाई पनि फिर्ता ल्याऊ

काठमाडाैं - संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बेलायती सेनामा कार्यरत महिलालाई फिर्ता पठाउन निर्देशन दिएको छ। भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका मागको समस्या समाधान गर्न यो निर्देशन दिइएको समितिले जनाएको छ।

बेलायतले हालै सन् २०२० सम्म नेपाली महिला नागरिकलाई पनि आफ्नो सेनामा भर्ना लिने प्रक्रिया थालेको बताएको थियो। तर, संसद्का् अन्तर्राष्ट्रिय सम्बन्धन समितिले त्यसरी महिलालाई बेलायती सैनिकमा नपठाउन निर्देशन दिएको छ। गएका नेपाली महिलालाई पनि फिर्ता बोलाउन उक्त समितिले आदेश दिएको छ। समितिकी सदस्य पवित्रा निरौलाले बेलायती सेनामा गएका नेपाली महिला सैनिकको अवस्था हालसम्म अज्ञातजस्तै भएको बताइन्, त्यसरी बेलायती सैनिकमा जाने महिलाको यकिन डाटासमेत संसद्लाई जानकारी नभएकाले कति मरे, कति घाइते भएका भन्दै उनले त्यहाँ तलबमा समेत विभेद भएको बताइन्। 

 

प्रकाशित: ४ फाल्गुन २०७५ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App