coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शारीरिक सुगठनमा स्वर्ण जितेका च्याम्पियन महर्जनलाई खेल सम्मान

काठमाडौं - गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित काव्य खेल सम्मान–२०७५ प्रदान गरेको छ। महर्जनका कारण नेपालले शारीरिक सुगठन प्रतियोगितामा पहिलोपल्ट ७५ केजी तौल समूहमा स्वर्णपदक जितेको थियो।

जाउलाखेलस्थित खेलमैदानमा आयोजित नवौं काव्य खेल सप्ताह समापनको अवसरमा शुक्रबार काव्य स्कुलले स्वर्णपदक विजेता महर्जनलाई नगद ५ हजारसहित सम्मान गरेको हो। विद्यालयका  संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरु रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले पुष्पगुच्छा, खादा, प्रशंसापत्र तथा नगद दिएर सम्मान गरेका थिए । काव्य स्कुलले २ वर्षअघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खडकालाई पनि यो सम्मान प्रदान गरेको थियो।

प्रकाशित: ४ फाल्गुन २०७५ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App