७ वैशाख २०८१ शुक्रबार
खेल

वर्षाले खेल प्रभावित हुँदा धनगढी डीपीएलबाट वाहिरियाे

काठमाडाैं - धनगढी प्रिमियर लिग (डीपीएल) बाट धनगढी स्टार्स वाहिरिएको छ। शनिबार तय भएको महेन्द्रनगर युनाईटेड विरुद्धको खेल वर्षाले प्रभावित भएपछि धनगढी प्रतियोगिताबाट वाहिरिने पहिलो टोली बनेको हो। शनिबार खेल नभएपछि दुबै टोलीले एक एक अंक बाडेका थिए।

धनगढीको ४ खेलबाट १ अंक भएको छ। यसअघिका ३ खेलमा धनगढी पराजित भएको थियो। यस्तै महेन्द्रनगरको समेत प्लेअफमा पुग्ने सम्भावना कमजोर रहेको छ। महेन्द्रनगरको समेत समान खेलबाट २ अंक मात्रै रहेको छ। यस्तै शिर्षस्थानमा रहेको काठमाडौं गोल्डेन्सले भने प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। उसले ३ खेलबाट ५ अंक जोडेको छ। यस्तै सिवाइसी अत्तरीयाले २ खेलबाट ४ अंक, रुपन्देही च्यालेन्जर्सले ३ खेलबाट ४ अंक, विराटनगर किंग्सले ४ खेलबाट ४ अंक जोडेका छन्। धनगढी वाहेक अन्य टोलीको प्लेअफ सम्भावना जिवितै रहेको छ।

यसैबीच शनिबारलाई नै तय भएको विराटनगर र काठमाडौंबीचको खेल समेत रद्द भएपछि दुबै टाेलीले एक एक अंक बाडेका छन्।

 

प्रकाशित: ४ फाल्गुन २०७५ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App