coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘कला साहित्य उत्सव–२०७५’ घोषणा

काठमाडौं – ‘कला साहित्य उत्सव’को चौथो संस्करण फाल्गुण १८ गतेबाट काँकडभिट्टामा सुरु हुने भएको छ। कार्यक्रम ३ दिन(१८, १९, २० गते) चल्नेछ। अघिल्ला वर्षहरुझैँ यो वर्ष पनि कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवं पर्यावरणलाई समेटिने कार्यक्रम संयोजक हरि तिम्सिना बताउँछन्।

तिम्सिना भन्छन्, ‘अघिल्ला उत्सवमा गरिएका प्यानल–छलफल र विद्वान् अध्येताले दिएका सम्भाषण देशभरि विमर्शको विषय बनेका थिए। त्यति मात्र होइन, युट्युबमा राखिएका हाम्रा केही बहस विदेशमा रहेका नेपालीभाषीले समेत रुचाएका थिए। यसलाई अझै उत्कृष्ट बनाउने प्रयास गरेका छौँ।’

सार्वजनिक बहसको सिलसिलाअन्तर्गत विसं २०६९ देखि हरेक दुई वर्षमा यो उत्सव हुँदै आएको छ। यसको मुख्य आयोजक ‘रिडर्स झापा’हो। रिडर्स झापाले एक दशकदेखि विभिन्न किसिमका सार्वजनिक विमर्शका कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो। अध्ययन एवं अन्तरक्रियामा रुचि राख्नेहरुको खुकुलो समूहको प्रयत्नमा यो संस्था निर्माण भएको संस्थाका एक सदस्य सन्दीप ओली बताउँछन्।

उनी भन्छन्, ‘यस संस्थामा रहेर हामीले विभिन्न कार्यक्रम गरिरहेका छौँ। साप्ताहिक विमर्शसँगै विभिन्न समयमा ठूला–साना सार्वजनिक विमर्शका कार्यक्रम सञ्चालन गरिरहेका छौ।’ व्यवस्थित अध्ययनका लागि खास विषयका अध्ययन सामग्री भेला गरेर तथा खास कोर्स नै बनाएर अध्ययन शृंखला पनि सञ्चालन गरिरहेको छ, रिडर्स झापाले।

पठन संस्कृति विकास गर्न, लेखनमा रुचि जगाउन तथा बौद्धिक विकासमा सहयोग हुने कार्यक्रम आफूहरुको रोजाइमा परेको कार्यक्रम आयोजकमध्येका एक ओली बताउँछन्। भन्छन्, ‘उत्सवमा देही आटर्सको संयोजनमा कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज, फोटो प्रदर्शनी हुने छ भने परिवर्तन थिएटरले नाटक मञ्चन गर्ने छ।’
कला साहित्य उत्सव २०७५ का लागि तय गरिएका विषयः
क) साहित्यको दलन
ख) अभिव्यक्ति र बहिष्करण
ग) समकालीन आख्यानमा वर्ग चेतना
घ) काव्यमा विद्रोह
ङ) विश्वविद्यालयको पुनर्संरचना
च) समाज विज्ञान र मानविकीको संकट
छ) सांस्कृतिक राष्ट्रवाद
ज) दक्षिणपन्थको सांस्कृतिकजग
झ) सत्ता र लेखक
ञ) दलालीको दलदल
ट) आर्थिक समृद्धिका संकट
ठ) पर्यावरणको खबर
ड) समाचार, झूटा समाचार, खरिद समाचार
ढ) नेपालका भूराजनीतिक पहेली

प्रकाशित: ४ फाल्गुन २०७५ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App