coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा एपिएफ र झापा –११ भिड्दै

बुटवल – २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) बाट बुटवलमा सुरु हुँदैछ। बुटवल– ११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको (एपिएफ) र झापा ११ भिड्ने छन्।

दुई विदेशी क्लब क्यामरुनको दाफिन्स एफसी र भारतको ब्रदर्स युनाइटेड लगायत घरेलु टिमहरु नेपाल पुलिस क्लब, एपिएफ, मनाङ मर्स्याङ्दी, संकटा क्लब, च्यासल युथ, रुपन्देही ११ र सुनसरी ११ सहित १० टिमले प्रतियोगितामा सहभागिता जनाएका छन्।

फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार र उपविजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले स्कुटर तथा विभिन्न ६ विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले २५ हजारका दरले नगद पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ। जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा हुने गोल्डकप मोफसलकै पुरानो र प्रतिष्ठित प्रतियोगिता हो।

प्रकाशित: ४ फाल्गुन २०७५ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App