coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

विश्व एड्स दिवसमा साइकल यात्रा

सुयोग मान सिंह बस्न्यात, कक्षा – ३, नव अरुणिमा सेकेण्डरी स्कुल, आरुबारी

काठमाडौं – गएको मंसिर २२ गते शनिवार साइकल यात्रा भयो। यात्रा विश्व एचआइभि/एड्स दिवसको उपलक्ष्यमा एचआइभि एड्सविरुद्ध चेतना फैलाउने उद्देश्यले गरिएको थियो। यात्राको आयोजना गोकर्णेश्वर नगरपालिकाको स्थानीय ‘संरक्षण ब्याण्ड’ ले गरेको थियो। जसको संयोजक सुशील अंकल हुनुहुन्थ्यो। यात्रा विश्व एड्स दिवस डिसेम्बर १ तारिख (मंसिर १५ गते) कै दिन तय भएको थियो। तर उक्त दिन एसिया प्यासिफिक पिस फाउन्डेशन भन्ने संस्थाको चारदिने कार्यक्रम जुध्न आएकोले सरकारी निकायले धेरै अगाडी तय भएको कार्यक्रम भए पनि रोक लगाएछ। त्यसैले १५ गतेको साइकल यात्रा सरेर मंसिर २२ गते भयो। त्यसदिन मैले पनि मज्जाले साइकल चढेँ। 

यात्रा सुरु हुनुअघि संयोजक सुशील अंकलले मलाई माला लगाइदिनुभयो। अनि रष्ट्रिय झण्डा दिँदै फहराउन भन्नुभयो। मैले पनि साइकल यात्रीहरूको अगाडि फर्केर झण्डा फहराएँ। त्यसपछि यात्रा सुरु भयो। 

यात्रा बसन्तरपुरको दमकल चोकबाट अगाडी बढ्दै रत्नपार्क, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, बागमती किनारैकिनार, पशुपति, गहुेश्वरी हुँदै गोकर्ण र उत्तरवाहिनीको बिचमा रहेको पुरानो देशे गाउँमा पुगेर टुङ्गियो। 

देश गाउँमा ठाउँठाउँमा राखिएको घडा पार गर्दै साइकल स्ट्याण्डमा पुगेर साइकल राख्यौँ। त्यसपछि धिमेबाजा, बाँसुरी सहितको बाजागाजा बजाएर अबिर, तोरण लगाइदिएर केरा तथा पेयपदार्थ दिँंदै साइकल यात्रीहरूको स्वागत भयो। साइकल यात्रीहरूले देशे गाउँको बजार घुमेर मुख्य कार्यक्रम स्थल प्रवेश गरेपछि भव्य स्वागत भयो। त्यतिबेला खाना तयार भैसकेको रहेछ। हामी सबैले आराम साथ खाना खायौं। अनि कार्यक्रममा भाग लियौं। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मयेर लगायत विभिन्न संघसंस्थाको व्यक्तिहरूको उपस्थिति थियो। 

भाषणको क्रममा प्रमुख अतिथि मेयर सन्तोष चालिसे अंकलले ‘साइकलको लागि वातावरण तयार गर्न गोकर्णेश्वर नगारपालिका सहयोगका लागि सधैं अग्रसर रहन्छ।’ भन्नुभयो। त्यसै गरी नालाको इश्वर अंकलले ‘पबजी खेल्दै, फेसबुक हेर्दै समय खेर नफाली समाज उत्थानको लागि लाग्नु पर्छ।’ भन्नुभयो। कार्यक्रमको संयोजक सुशील अंकलले सहभागी सबैलाई धन्यवाद दिनुभयो। आगामी दिनमा पनि यस्तो कार्यक्रम गर्ने बाचा गर्दै मिठो गीत पनि गाउनुभयो।  साइकल यात्राको प्रमाणपत्र अरुले जस्तै मैले पनि पाएँ। यस पल्ट आयोजकबाट थप मायाको चिनो पनि पाएँ। नाचगानले माहेल रमाइलो थियो। तर पनि भोलिपल्ट मंसिर २३ गते देखि २६ गते सम्म हुने काठमाण्डौ–जनकपुर साइकल यात्रामा जाने भएको हुँदा केहि कुरा तयार गर्नु थियो। त्यसैले नाचगानको कार्यक्रम चल्दा चल्दै घर तिर लागें।

प्रकाशित: ४ फाल्गुन २०७५ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App