coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धकेल्दैको सास्ती

सल्यानको जलेखर्क नजिकै फसेको गाडी निकाल्दै यात्रुहरु। तस्बिरः गणेश बिक

गणेश बिक

रुकुम– वर्षातका कारण जिर्ण बनेको राप्ती राजमार्ग मर्मत सम्भार नहुँदा दशैंमा घर आउने यात्रुहरुलाई सास्ती भएको छ। दाङखि मुसीकोट खलंगासम्मका विभिन्न खण्डहरुमा खाल्डा खुल्डी छन्।

जिल्लाबाहिर आउने तथा जिल्लावाट जाने यात्रुहरु वाटोमै अलपत्र पर्न थालेका छन्। राजमार्गका विभिन्न ठाउँमा सडक बिग्रिएको छ, वालकृष्ण शर्माले भने, ‘दशैंका बेला घर आउँदा निकै सास्ती व्यहोनु प¥र्याे।’ गाडी खस्छ कि भन्ने डरले सतायो उनले भने, ‘ढुक्काका साथ यात्रा गर्ने दिन कहिले आउलान्।’

करिब पाँच वर्ष पहिला एशियाली विकास वैङ्कको सहयोगमा कालोपत्रे गरिएको थियो। कालोपत्रेसमेत ठाउँठाउँमा फुटेको छ। ठाउँ ठाउँमा पहिरो आउँदा, सडक फुट्दै जाँदा सडक जिर्ण बन्दै गएको हो। सडक विग्रँदै गए पनि सडक विभागले केही चासो नदिएको स्थानीयहरुले बताएका छन्। बेलाबेला अनुगमन गरी मर्मत सम्भार गर्नुपर्ने यहाँका बासिन्दाहरुको भनाइ छ।

ठाउँठाउँमा डोरी लगाएर बस तान्नुपर्ने र बसलाई धकेल्दै यात्रा गर्नुपर्ने भएकोले यात्रा जोखिमसँगै सास्ती हुने गरेको यात्रुहरु रामबहादुर खड्काले बताए। सडक मर्मत सम्भार नहुँदा यात्रुहरु गन्तव्यमा पुग्न कठिन छ।

सल्यान खण्डमा धेरै सडक बिग्रिएको छ। पुराना गाडिहरु सञ्चालन हुँदासमेत समस्या छ। बाटो मर्मत सम्भार नहुँदा समयमै गाडीहरु गन्तव्यमा पुग्न सकेका छैनन्।


 

प्रकाशित: २० आश्विन २०७३ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App