७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पले अमेरिकामा संकटकाल लगाए

कठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्।

अमेरिकामा ठूलो संख्यामा अवैध आप्रवासी रहेका छन र तिनीहरू भिसाको म्याद सकिएपछि पनि त्यहीँ बसिरहेका छन्। यो मुद्दालाई ट्रम्पले बारम्बार उठाउँदै आएका थिए। राष्ट्रिय संकटकालको घोषणाले ट्रम्पलाई विशेष अधिकार प्राप्त भएको छ, जसले गर्दा उनलाई विभिन्न राजनीतिक प्रक्रिया भन्दा माथि उठेर विद्यमान सैन्य तथा विपतको राहत वजेटलाई सिमनामा पर्खाल बनाउन सक्छन। सीमनामा पर्खाल लगाउने विषय ट्रम्पले आफ्नो निर्वाचनको बेला जबरजस्त रुपमा उठाएका थिए। अमेरीकी राजनीतिक प्रक्रिया तथा प्रतिपक्षीले उनको सीमनामा पर्खाल लगाउने विषयमा विरोध गर्दै आएका छन।

तर ट्रम्पको दक्षीणी सिमनामबाट अवैध आप्रवासी आउने र त्यही वसिरहेको  भन्ने भनाइलाई आप्रवासीसम्बन्धी विज्ञहरूले अस्वीकार गर्दै आएका छन्। अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो। विगतमा अमेरिकी राष्ट्रपतिहरूले राष्ट्रिय संकटकालको प्रयोग खासगरि विदेश मामिलामा आइपरेका संकटसँग जुध्न गरेका थिए। 

तर ट्रम्पले भने देशभित्रै राजनीतिक रूपमा विवादास्पद मुद्दामा विपक्षीको बहुमत रहेकाले संसद छल्न सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेका छन।

विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपतिको घोषणालाई, उनीहरूकै शब्दमा, शक्तिको दूरूपयोग भन्दै यसका विरुद्ध मुद्दा हाल्ने बताएका छन।

प्रकाशित: ४ फाल्गुन २०७५ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App