काठमाडाैं - भारतमा जारी हिरो गोल्डकपको उपाधिका लागि अहिले नेपाल र म्यानमारबीच खेल भइरहेकाे छ। भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा जारी खेलकाे पहिलाे हाफकाे खेल १-१ काे बराबरीमा सकिएकाे छ। खेलकाे ३४ औं मिनेटमा म्यानमारले नेपालकाे डीबक्समा भएकाे कमजाेरीकाे फाइदा उठाउँदै गाेल गरेकाे थियाे।
एक गाेलले पछि परेकाे अवस्थामा नेपालकी मन्जली याेञ्जनले पहिलाे हाफकाे इन्जुरी समयमा बराबरी गाेल फर्काइन्।उपाधि जित्दै इतिहास रच्ने लक्ष्य सहित नेपाल म्यानमारविरुद्ध मैदानमा उत्रिएको छ। लिग चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो।
प्रकाशित: ३ फाल्गुन २०७५ १३:२९ शुक्रबार