coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जाजरकोटका स्थानीय भन्छन्, ‘रिम्ना बस दुर्घटनाको कारण सडक’

जाजरकोट - बिहीबार साँझ भेरी नगरपालिका १ रिम्नाको रिंगाउटास्थित सडकबाट भेरी नदीमा बस खस्दा ४ जनाको ज्यान गयो। साँघुरो र घुम्ती भएको सडकमा तीव्र गतिका कारण गाडी पल्टिएको त्यहाँका स्थानीय र गाडीको अवस्थाबाट थाहा भएको छ। गाडी चलाउने हुन् या चढ्ने सबै डराउने खण्ड हो  खलंगा–रिम्ना।

८ वर्षअघि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (ड्रिल्पी )अन्तरगत निर्माण भएको उक्त सडक अहिलेसम्म गतिलोसँग स्तरोन्नति भएको छैन। सडकमा परेका खाल्डाखुल्डी साँघुरो क्षेत्र भएकाले यसको यात्रा सधैं कष्टपूर्ण र जोखिमपूर्ण हुने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् । बिहीबार गाडीमा यात्रा गर्ने यात्रुहरु धेरै संख्यामा नभएका कारण ठूलो मानवीयबाट जोगिएको छ। १३ जना सवार उक्त गाडीमा चार जनाको ज्यान गयो भने ९ जना घाइते छन्। जाजरकोटका लागि अघिल्ला सडक दुर्घटनाको तुलनामा यो  दुर्घटना सानो भए पनि सरोकारवालाहरुले सधैं भइरहने  सडक दुर्घटनाको कारण खोज्नुपर्ने बताएका छन्। स्थानीय असल शासनकर्मी बालकुमार शर्मा भन्छन्, यताका सडकको अवस्था निकै जोखिमपूर्ण भए पनि सरोकारवालाहरु निकाले कुनै चासो राखेको देखिँदैन, यसले दुर्घटना अझ बढ्न सक्छ।’

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले पनि बिहीबार साँझ भएको उक्त घटनामा अप्ठेरो सडक र बसको गति तीव्र भएको बताए। जाजरकोट डोल्पा सडकअन्तरगत खलंगादेखि रिम्नासम्मको खण्डको अवस्था निकै दयनीय छ। सडक स्तरोन्नतिका लागि स्थानीय जनता र  सञ्चारकर्मीहरुले पटक पटक सडक डिभिजन कार्यालय चौरजहारीलाई अनुरोध पनि गरिएको थियो। स्थानीय तथा केन्द्रीय जनप्रतिनिधि र अन्य सरोकारवाला निकायमा पनि बारम्बार विभिन्न माध्यमबाट ताकेता गरे पनि कुनै सुनुवाइ नभएको पत्रकारसमेत रहेका अशल शासनकर्मी शर्मा बताउँछन्।

साना गाडी नै गतिलोसँग गुड्न मिल्ने अवस्था छैन, ठूला बसहरुलाई  गुड्न के सजिलो हुन्छ र? स्थानीय यातायात व्यावसायी प्रेमबहादुर रानाले बताए । उनले भने, ‘वर्षाका बेला हिलो र खाल्डोमा गाडी फसेको बेला डोरी र ट्रयाक्टरले तान्नुपर्छ भने आज भोलि पनि निकै डराएर गाडीहरु चलाउनुपर्छ।’ सडक कहिले पनि सुध्रिने जस्तो देखिँदैन कोही सुधार्ने निकाय पनि देखिँदैनन्’, उनले गुनासो गरे।

जाजरकोट डोल्पा सडकको खलंगा रिम्ना खण्डको मात्र  होइन खलंगा पाँचकटिया सडकको अवस्था पनि  रिम्नाभन्दा कम छैन।  सडक निर्माणको ९ वर्षसम्म बस चलाउन नसकिएको उक्त सडकमा पनि  पानी परेको बेला गाडी चलाउनै मिल्दैन। सडक निर्माण गर्दा निकै गुणस्तरहीन काम हुनु र सडक स्तारोन्नति गर्नेतर्फ स्थानीय सरकार,  केन्द्र सरकार र अन्य सरोकारवालाले ध्यान नदिएका कारण खलंगा पाँचकटिया सडक पनि जीर्ण र जोखिमपूर्ण रहेको कुसे ५ का स्थानीय डिल्लीबहादुर थापाले बताए। 

प्रकाशित: ३ फाल्गुन २०७५ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App