coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

सुनको सिरानी हालेर नुन बोक्ने कर्णालीको कथा : ईश्वर पोखरेल

‘उत्सव सम्भावना र गौरवको अभियान, समृद्ध कर्णाली’को नारा लिएर काठमाडौंमा फागुन ३ देखि ५ गतेसम्म बृहत् कर्णाली एक्स्पो सुरु भएको छ। 
कर्णालीका १० जना युवा मिलेर यसको आयोजना गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल छन्। कर्णालीलाई समृद्धिको प्रचुर सम्भावना बोकेको प्रदेश भएको बताउँदै उनले भने, ‘यो प्रदेशमा सुनको सिरानी हालेर नुनको हिँड्ने मान्छे छन्। कार्यक्रममा पोखरेलले कर्णाली अब समृद्धिको बाटोमा लम्केको बताएका छन्। तीन दिनसम्म चल्ने एक्स्पोमा कर्णालीका सांस्कृतिक कार्यक्रम, अर्गानिक कृषि प्रदर्शनी, फोटो-भिडियो, कर्णाली–पर्यटकीय सूचना डेस्क, कर्णाली–फुड फेस्टिभल समेत राखिएको छ। कार्यक्रममा बृहत् कर्णाली एक्स्पोका आयोजकले कर्णालीलाई सधैं विकट र गरिब देख्नेलाई यहाँको सम्भावना देखाइने बताएका छन्। बाँकी भिडियोमा ...
छायांकार : देवु राजवंशी

प्रकाशित: ३ फाल्गुन २०७५ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App