coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'ऐतिहासिक शक्ति बोकेको सरकारको एक वर्ष निराशाजनक'

काठमाडाैं - विवेकशील साझा पार्टीले सरकारको एक वर्ष पीडादायी ढंगबाट निराशाजनक देखिएको बताएको छ। शुक्रबार पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'बलियो जनमत प्राप्त यो सरकार गठन हुँदा आम सर्वसाधारण र हाम्रो पार्टीले ठूलो अपेक्षा राख्दै शुभकामना दिएको थियो। सरकारले पछि संसदमा दुई तिहाईको समर्थन समेत प्राप्त गर्यो। तर ऐतिहासिक शक्ति बोकेको सरकार हुँदा हुँदै पनि सरकारको काम कारबाही पीडादायी ढंगबाट निराशाजनक देखिएकोमा विवेकशील साझा पार्टी अत्यन्तै चिन्तित छ।'

पार्टीले विगत एक वर्षमा भ्रष्टाचार,दण्डहीनता बढेको तथा अर्थतन्त्रका सूचकहरु समेत नकरात्मक दिशा तर्फ उन्मुख भएको बताएको छ। 'भ्रष्टाचार चुलिंदो छ। दण्डहीनताले प्रश्रय पाईरहेको छ। अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक छन्। निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन। विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ।' विज्ञप्तिमा उल्लेख छ।

विकास र समृद्धिलाई मूल नारा बनाएको सरकार सो कुरामा असफल भएको पार्टीको ठहर छ। लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रतालाई खुम्च्याउने गरी कानुनहरु निर्माण भइरहेको बताउँदै पार्टीले सरकार कुटनीतिक चातुर्यतामा पटक पटक चुकेको बताएको छ।  विगत एक वर्षको गंभिर समीक्षा गरी अगाडिको बाटो तय गर्न विवेकशील साझा पार्टीले सरकारलाई आग्रह समेत गरेकाे छ।

 

प्रकाशित: ३ फाल्गुन २०७५ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App