७ वैशाख २०८१ शुक्रबार
समाज

मोटरसाइकल ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु

उदयपुर– नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट यहाँकी एक बालिकाको मृत्यु भएको छ। मिर्चया–कटारी सडक खण्डको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका ६ बलैयामा अज्ञात मोटरसाइकलको ठक्करबाट स्थानीय ७  वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मिर्चयादेखि कटारीतर्फ जाँदै गरेको मोटरसाइकलले सडकमा खेलिरहेकी इन्दिरा दाहाललाई ठक्कर दिँदा घट्नास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। पीडितको उजुरीपछि मोटरसाइकल र चालकको खोजी कार्य भइरहेको प्रहरी भनाइ छ।

यता सदरमुकाम त्रियुगा नगरपालिका ७ मोतिगडामा एक मोटरसाइकल दुर्घटनामा पर्दा चालक गम्भीर घाइते भएका छन्। झुल्केबाट देउरीतर्फ जाँदै गरेको स १ प ८१६४ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भई दुर्घटनामा पर्दा चालक त्रियुगा नगरपालिका १० देउरीका ४० वर्षीय भवानीप्रसाद चौधरी गम्भीर घाइते भएको त्रियुगा नगर प्रहरीले जनाएको छ।

घाइते चौधरीलाई उपचारका लागि विराटनगरथित नोबेल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० आश्विन २०७३ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App